
बागलुङ, ३० कार्तिक ।
बागलुङ बजारमा जारी अन्तर मावि स्तरीय यु.एस. कप भलिबल प्रतियोगिताको फाइनलमा यु.एस. एकेडेमी प्रवेश गरेको छ ।
यु.एस. स्पोर्टस क्लबले आयोजना गरेको प्रतियोगितामा सेमिफाइनलमा यु.एस. एकेडेमीले सिद्धार्थ शिक्षा सदनलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।
प्रतियोगिता अन्तरगत अर्को सेमिफाइनल खेलमा आज अमर आदर्शले चिल्ड्रेन लाईफ बोर्डिङ स्कुलसँग प्रतिस्पर्धा गर्नेछ ।
बागलुङ बजारका ११ विद्यालयले सहभागिता जनाएको प्रतियोगितामा शुक्रबार नै भएको समुह चरणको खेलमा न्यू एभरष्टले गरिमा आ।वा।सिय माविलाई पराजित गरेको थियो । यस्तै चिल्ड्रेन लाईफले फ्युचर ब्राइचर मावि लाई पराजित गरेको थियो । यस्तै सिद्धार्थ शिक्षा सदनले कालिगण्डकी आवासिय मावि र कोरोना एकेडेमीले गुराँस विद्या सदनलाई पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेका थिए ।
शुक्रबार नै भएको दास्रो चरणको खेलमा अमर आदर्श माविले न्यू एभरेष्ट एकेडेमीलाई, चिल्ड्रेन लाइफले न्यू ओयसिस एकेडेमी र युनिभर्सल सवलायम (यु.एस.) एकेडेमीले कोरोना एकेडेमीलाई पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका थिए ।
प्रतियोगिताको फाइनल खेल शनिबार हुनेछ ।










