मानवसेवा आश्रमलाई खाद्यन्न र आर्थिक रकम सहयोग

बागलुङ, २९ कार्तिक ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराका एक परिवारले शुक्रबार बागलुङ बजारमा रहेको मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग गरेका छन् ।
काठेखोला गाउँपालिका–२ भीमापोखराका स्वर्गिय खड्कबहादुर केसीको निधन भएको ४६ औं दिनको पुण्यतिथिको अवसरमा उहाँकी धर्मपत्नी इन्द्रकुमारी केसीले मानवसेवा आश्रमलाई खाद्यन्न सहयोग गर्नुभएको हो ।


केसीले मानवसेवा आश्रमलाई ३ हजार रुपैयाँको आलु, सोयाविन, विष्कुट, सावुन लगायतका खाद्यन्न सहित नगद २ हजार रुपैयाँ आश्रमकी संचालक सुमिरा लामालाई हस्तान्तरण गर्नुभएको थियो ।
श्रीमानले पहिले आश्रमलाई सहयोग गर्ने इच्छा देखाएपनि पुरा नभएकाले उहाँको निधन भएको ४६ औं दिनको पुण्यतिथिमा आश्रमलाई सहयोग गरेको केसीले बताउनुभयो । उहाँले आश्रममा घरवार नभएका सडक बालबालिकाहरु, बृद्धबृद्धाहरुलाई राखेको देख्दा आफुहरुलाई पनि सहयोग गर्न मन लागेको बताउनुभयो ।


खाद्यन्न हस्तान्तरणको समापन गर्दै आश्रमकी संचालक लामाले बागलुङबासीको सहयोगले आश्रम सफल रुपमा संचालन भएको बताउनुभयो । उहाँले आश्रम सवैको रहेको बताउँदै मानवताको नाताले सहयोग गर्ने सवैलाई धन्यवाद ज्ञापन गर्नुभयो ।
खाद्यन्न हस्तान्तरणको संचालन खिम बहादुर कार्कीले गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here