
कमल पौडेल
बागलुङ, २७ कार्तिक ।
मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको बडिगाड गाउँपालिका वडा नम्बर २ को वडाअध्यक्ष पदको लागि ३ जनाको उम्मेदवारी परेको छ ।
उपचुनावको लागि बुधबार बडिगाड गाउँपालिकामा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेपाली काँग्रेस र समाजवादी पार्टीका उम्मेदवारले उम्मेदवारी दिएका छन् ।
वडा अध्यक्षको लागि नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को तर्फवाट ढाल प्रसाद शेरचन, नेपाली काँग्रेसको तर्फबाट डिल बहादुर राना र समाजवादी पार्टीको तर्फवाट हरिलाल रानाको उमेद्वारी परेको छ ।

नेकपाका उमेद्वार ढालप्रसाद शेरचनको प्रस्तावकमा खगिश्वर अर्याल र समर्थकमा राष्ट्रिय जनमोर्चाका प्रेम बहादुर पुन रहनुभएको छ । त्यस्तै नेपाली काग्रेसका उमेद्वार डिल बहादुर रानाको प्रस्तावकमा होसियारसिंह थापा र समर्थकमा प्रेमलाल अर्याल रहनुभएको छ । त्यस्तै समाजवादी पार्टीका उमेद्वार हरिलाल रानाको प्रस्तावकमा शिव बहादुर थापा, समर्थकमा खगि राना रहनुभएको निर्वाचन अधिकृत ध्रुव ढकालले जानकारी दिनुभएको छ ।
निर्वाचन कार्यालय बडिगाड गाउँपालिका ५ खार बजारमा आज विहान ११ बजे देखि दिउसो १ बजे सम्म मनोनयन दर्ता गरिएको थियो । उपनिर्वाचनमा बडिगाड गाउँपालिका वडा नं. २ मा एक हजार सात सय ४२ मतदाता सहभागि हुने निर्वाचन कार्यालय बडिगाडले जनाएको छ। वडा अध्यक्ष विष्णु प्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएकोले निर्वाचन हुन लागेको हो । मनोनयनको समयमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का केन्द्रिय सदस्य तथा बागलुङ इन्चार्ज बलावती शर्मा, तथा नेपाली काग्रेसको तर्फवाट सांसद ज्ञानकुमारी छन्त्याल लगाएतको सहभागिता रहेको थियो ।










