भारतद्धारा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो बनाई नयाँ नक्सा सार्वजनिक गरेको विषयमा नेपाली आन्दोलित भइरहेको अवस्थामा अमेरिकाबाट एक बाल गायकले देशभक्ति गीत मेरो देश सार्वजनिक गरेका छन् ।
बागलुङ नगरपालिका वडा नं १४ नारायणस्थान बलेवा घरभई हाल अमेरिकाकोक्यालिफोर्निया स्थित सान फ्रान्सिस्कोमा रहेका बाल कलाकार ओस्कार शर्माको आवाजमा ‘मेरो देश’ नामक गीत यूटुवमार्फत सार्वजनिक गरेका हुन् । सुरिलो स्वरका धनी शर्माले शकुन्तला पौडेलको शब्द र आलोक शर्माको संगीत ,छायाँकन तथा निर्देशनमा गीत तथा म्यूजिक भिडियोमा नेपालको प्राकृतिक तथा सास्कृतिक महत्व झल्काउने गरी भिडियो तयार पारिएको छ ।
१२ बर्षको उमरमै अमेरिकामा आयोजित अन्तर विद्यालय गायन प्रतियोगिता, युवा प्रतिभा, इन्डियन अटलान्टा जुनियरको आवाजमा प्रथम, १३ औ नासा/एएनएमए प्रतियोगितामा प्रथम, युएनए सानो प्रतिभा–२०१९ राज्य विजेता, सबै उमेर समुहको सरगम प्लस एकल गायनमा प्रथम र अटलान्टा जुनियरको आवाजमा दोस्रो भएका शर्माको पहिलो गीत नै लोकप्रिय हुन थालेको छ । प्रदेशको तुलनामा नेपाल रमाइलो भएको जस्ता भावहरु गीतमा ब्यक्त गरिएको गीतले आफ्नो देशका मायाँलाई प्रष्ट पारेको बाल गायक शर्माको भनाई छ ।
‘आमाले गीत रचना गर्नुहुन्छ, बुबाले सधै साथ दिनुहुन्छ’ ओस्कारले भने । उनले आमाबुबाको इच्छाले समेत संगीतमा धेरै राम्रो काम गर्ने प्रयासमा रहेको बताउँदै अभिभावकको प्रेरणा र हौसलाले सहज भएको बताए । अमेरिकामा दर्जनौ कार्यक्रममा सहभागि भएर गीत गाएका ओस्कारले भविस्यमा पनि राष्ट्रियता संग सम्बन्धित गितहरु पस्कने बताउँछन् ।
भिडियो

२०७६ कार्तिक २६ गते प्रकाशित

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here