प्रथम फ्युचर कप क्रिकेटको उपाधिको लागि अमर र फ्युचर भिड्ने

बागलुङ, २४ कार्तिक ।
बागलुङ बजारमा जारी प्रथम फ्युचर कप एफ–१५ अन्तरकलेज स्तरीय क्रिकेट प्रतियोगिताको उपाधिको लागि अमर आदर्श मावि र फ्युचर ब्राईटर मावि भिड्ने भएका छन् ।
फ्युचर स्पोर्टस् क्लबले आयोजना गरेको प्रतियोगितामा आईतबार भएको सेमिफाइनल खेलमा अमर आदर्शले धाइरेनी मावि पाङलाई ७१ रन र फ्युचर ब्राइटर माविले डिग्नीटी कलेजलाई ७ विकेटले पराजित गर्दै फाइनलमा प्रवेश गरेका हुन् ।


आईतबार भएको पहिलो सेमिफाइनल खेलमा १ सय ४४ रनको लक्ष्य पछ्याएको धाईरेनी मावि ७२ रनमै अलआउट भएपछि अमर आदर्श फाइनलमा प्रवेश गरेको हो । ११ ओभरमा ७२ रन बनाउँदा धाइरेनी मावि अलआउट भएको थियो ।
त्यस अघि टस हारेर पहिले व्याटिङको निम्तो पाएको अमर आदर्शले १५ ओभरमा ९ विकेट गुमाएर १ सय ४३ रन बनाएको थियो । अमर आदर्शको लागि रोविन कार्कीले ३१ ब्लमा ५६ रन प्रहार गरेका थिए । यस्तै धाइरेनी माविका अविशेकले ३ विकेट हात पारेका थिए ।
यस्तै आईतबार नै भएको दोस्रो सेमिफाइनल खेलमा फ्युचर माविले ७ विकेटको जित निकाल्दै फाइनलमा पुगेको छ । डिग्नीटी माविले प्रस्तुत गरेको ६९ रनको लक्ष्य फ्युचरले ४.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य भेटायो । फ्युचरका ओपनर रमेश बस्नेतले १२ बलमा ४० रनको आक्रमक व्याटिङ गरेपछि सहज जित हात पारेको हो । बस्नेतले ३ चौका र ४ छक्का प्रहार गरेका थिए ।
डिग्नीटीका जगत बहादुर छन्त्यालले २ र अशोक कार्कीले १ विकेट लिए ।


टस जितेर पहिले व्याटिङ गरेको डिग्नीटीले १४.२ ओभरमा ६८ रन बनाउँदा सबै विकेट गुमायो ।
डिग्नीटीका लागि ओपनर किशोर छन्त्यालले २३ रन बनाउनु बाहेक अन्य खेलाडीले सम्झना लायक प्रदर्शन गर्न सकेनन् ।
फ्युचरका तुल बहादुर थापाले ४, सन्देश खड्का र आयुश खत्रीले २–२ विकेट लिए ।
प्रतियोगिताको फाइनल खेल सोमबार हुनेछ ।
यस्तै फ्युचर र डिग्नीटीको खेल भइरहेको बेला विना जानकारी हेलीकप्टर ल्याण्ड गरेपछि केहि बेर खेल अवरुद्ध भएको थियो । मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको लागि बागलुङ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (ख)मा बागी उम्मेदवार दिएका शेरमान घर्तीले उम्मेदवारी फिर्ताको लागि नेकपाले हेलिकप्टर चाटर गरेर ल्याएर विना जानकारी खेल भइरहेको मैदानमा ल्याण्ड गराएको फ्युचर स्पोर्टस् क्लबका सचिव फडिन्द्र खड्काले बताए ।
उनले विना जानकारी मैदानमा हेलिकप्टर ल्याण्ड गराउँदा खेल अवरुद्ध हुनुका साथै खेलाडीहरुलाई असहज परिस्थिति बनाइदिएको भन्दै आक्रोश व्यक्त गरे ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here