
बागलुङ, २४ कार्तिक ।
मंसिर १४ गते हुने उपनिर्वाचनको लागि बागलुङ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश (ख)मा बागी उम्मेदवारी दिएका शेरमान घर्ती मगरले बामगठबन्धनबाट उम्मेदवार बनेका राष्ट्रिय जनमोर्चाका खिम विक्रम शाहीलाई सघाउने भएका छन् ।
आईतबार उम्मेदवारी फिर्ताको लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुग्न ढिला भएपछि पत्रकार सम्मेलन गरेर बाम गठबन्धनका साझा उम्मेदवार शाहीलाई सघाउने बताएका हुन् ।
बाम गठबन्धनका साझा उम्मेदवारलाई सघाउने निर्णय गरेका घर्तीले मतदाताहरुलाई पनि शाहीलाई मतदान गर्न अनुरोध गरेका छन् ।
नेकपाको केन्द्रिय कमिटिले बागलुङ क्षेत्र नम्बर २ प्रदेश (ख)को उपनिर्वाचनमा राष्ट्रिय जनमोर्चालाई समर्थन गर्ने निर्णय गरेपछि पश्चिम भेगका नेकपा नेता र कार्यकर्ता रुष्ट बनेका थिए ।
रुष्ट कार्यकर्ताहरुको सल्लाहमा बागी उम्मेदवारी दिएका घर्तीलाई उम्मेदवारी फिर्ता गराउन नेकपाका शिर्ष तहका नेताहरुबाट पहल भएपछि अन्तिम समयमा उम्मेदवारी फिर्ता लिन बागलुङ बजार आएपनि समय सकिएको थियो । शिर्ष तहका नेताहरुले उम्मेदवारी फिर्ता लिएर बाम गठबन्धनका उम्मेदवारलाई सघाउन आग्रह गरेपछि घर्तीले पत्रकार सम्मेलन गरेर सघाउने बताएका हुन ।
शेरमान घर्तीले जारी गरेको प्रेश विज्ञप्ती











