उपचुनावः उम्मेदवारी फिर्ता लिन हेलिकप्टर चढेर आएका घर्तीले पाएन्न् फिर्ता लिन

बागलुङ, २४ कार्तिक ।
सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले बाग्लुङ २ को प्रदेश सभा (ख) मा बागी उम्मेदवारी दिएका शेरमान घर्तीलाई हेलिकप्टरबाट सदरमुकाम ल्याएको छ ।
बुर्तिवाङस्थित होटल दरबारबाट प्रभु एअरको हेलिकप्टरमा राखेर घर्तीलाई मुख्य निर्वाचन अधिकृतको कार्यालय ल्याइए पनि उम्मेदवारी फिर्ता लिन भने पाएनन् ।
निर्वाचन आयोगको कार्यतालिकाअनुसार आइतबार दिउँसो १ बजेसम्म उम्मेदवारले चाहे उम्मेदवारी फिर्ता लिने समय रहेकोमा घर्ति सदरमुकाम आईपुग्न ढिलो गरेपछि उम्मेदवारी फिर्ता नभएको हो । नेकपाले यो क्षेत्र राष्ट्रिय जनमोर्चालाई छाड्ने निर्णय गरेको थियो । त्यसैले नेकपाबाट आधिकारिक उम्मेदवार थिएनन् । नेकपाले राष्ट्रिय जनमोर्चाका खिमविक्रम शाहीलाई साझा उम्मेदवार बनाएको थियो ।
तर घर्तीले कात्तिक २१ गते (बिहीबार) बागी उम्मेदवारी दर्ता गराएका थिए । मंसिर १४ गते हुने उपचुनावका लागि नेकपाकै दधिराम अर्याल प्रस्तावक र रिमबहादुर बिकलाई समर्थक बनाएर घर्तीले उम्मेदवारी दिएका थिए । उम्मेदवारी पछि कुनै पनि हालतमा आफुले उम्मेदवारी फिर्ता नलिने जिकिर गरेपनि नेकपाको केन्द्रिय कमिटिबाटै दबाब सिर्जना भएपछि उम्मेदवारी फिर्ता लिन सदरमुकाम आउँदै गर्दै समय सकिएपछि उम्मेदवारी फिर्ता भएन् ।
१२ बर्षसम्म राष्ट्रिय जनमोर्चामा रहेका घर्ती तत्कालिन समयमा माओवादीमा प्रवेश गरि २०७४ सालको स्थानिय तहको चुनावमा नेकपा माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकाको मेयरका लागि चुनाव लडेका थिए ।
नेकपा बाग्लुङका अध्यक्ष इन्द्रलाल सापकोटाले घर्तीलाई हेलिकप्टरबाट ल्याए पनि उम्मेदवारी फिर्ता लिने समय सकिएकोले काम नलागेको जानकारी दिए ।
‘उहाँलाई हेलिकप्टरबाट ल्याइएको हो । तर उम्मेदवारी फिर्ता लिने समय १ बजेसम्म मात्रै थियो काम लागेन’ उनले भने, ‘अब चुनाव नै हुने भयो ।’
मुख्य निर्वाचन अधिकृत बासुदेव न्यौपानेले उम्मेदवारी फिर्ता कसैले नलिएको जानकारी दिए । उनले उम्मेदवारी फिर्ता लिने समय सकिएको र कसैले पनि कसैले पनि उम्मेदवारी फिर्ता नलिएको बताए ।
बुर्तीवाङबाट बाग्लुङ सदरमुकाम आउन सडकबाट तीन घन्टा लाग्छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय बाग्लुङ बजारमा छ । उम्मेद्वारी फिर्ता लिने समय घर्केला भनेर घर्तीलाई हेलिकप्टरमा ल्याइएको थियो ।
उनले सुरूमा हेलिकप्टर चढ्नै आनाकानी गरे । पछि उनी हेलिकप्टर चढेर बाग्लुङ बजार त आए तर त्यतिञ्जेल उम्मेद्वारी फिर्ता लिने समय सकिइसकेको थियो ।
यसअघि २०७४ सालमा तत्कालीन वाम गठबन्धनबाट विजयी भएका राष्ट्रिय जनमोर्चाका सांसद टेकबहादुर घर्तीको पोहोर मंसिरमा मृत्यु भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here