
बागलुङ, २३ कार्तिक ।
बगलुङको काठेखोला गाउँपालिका ४ तँग्राम स्थित सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्थाको ५ औ साधारणसभा शनिवार सम्पन्न भएको छ ।
संस्थाले गत आर्थिक वर्ष ५ करोड एक लाख ३२ हजार ८ सय रुपैयाँ बराबरको कारोवार गरेको संस्थाका कोषाध्यक्ष कमला पुुनले जानकारी दिनुभएको छ । उहाँले संस्थाले यस वर्ष ७९ लाख ५२ हजार बढीको मुल्यको खसी बोका बेचेको समेत बताउनुभएको थियो ।

कार्यक्रममा बोल्दै राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक रामबहादुर जिसीले सहकारीलाई राम्रो बनाउन सेयर सदस्य क्रियाशिल हुनुपर्नेमा जोड दिनु भएको थियो । जिसीले उत्पादन मुलक क्षेत्रमा लगानी बढाउन सकेमा देशले सम्मृद्धि हासिल गर्ने बताउनुभयो ।
कार्यक्रममा काठेखोला गाउँपालिका ४ का वडा अध्यक्ष केशव थापा मगर, हेफर नेपाल कार्यक्रम अधिकृत फुुलाराम चौधरी, गुहेली सहकारी संस्थाका अध्यक्ष खिमबहादुर कार्की, सहकारीका सल्लाहाकार यामबहादुर पुुन, वडा सदस्य रिमबहादुर पुुन लगायतले बोल्नुभएको थियो ।

कार्यक्रममा संस्थाले विभिन्न रुपमा सहयोग पुु¥याएको भन्दै राष्ट्रिय सहकारी बैङ्कका सञ्चालक रामबहादुर जिसी, गुहेली संचार सहकारीका अध्यक्ष खिमबहादुर कार्की, काठेखाला गाउँपालिका ४ वडा कार्यालय, फुुलाराम चौधरी, विवाइसी बागलुङक, चुडामणी उपाध्याय, रिता शर्मा लगायतलाई सम्मान गरिएको थियो ।
कार्यक्रम सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी संस्थाका अध्यक्ष यमकुुमारी श्रीसको अध्यक्षता, सहसचिव लक्ष्मी पुनको स्वागत र सचिव यमकुुमारी पुुनको सञ्चालनमा सम्पन्न भएको थियो ।














