
बागलुङ, २२ कार्तिक ।
फ्युचर ब्राईटर बोर्डिङ बागलुङ बजारमा जारी प्रथम फ्युचर कप एफ–१५ अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगितामको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फ्युचर स्पोर्टस् क्लबको आयोजनामा जारी प्रतियोगिता अन्तगत शुक्रबार गल्कोट बहुमुखी क्याम्पसलाई पहिलो क्याटरफाइखल खेलमा १ सय १ रनको भारी अन्तरले पराजित गर्दै फ्युचर सेमिफाइनलमा प्रवेश गरेको हो ।
टस जितेर पहिले व्याटिङ गरेको फ्युचरले कप्तान दिपक कुँवर र तुल बहादुर थापाको विष्फोटक व्याटिङमा १५ ओभरमा ९ विकेट गुमाएर १ सय ७२ रन बनाएको थियो । फ्युचरको लागि कप्तान दिपक कुँवरले ३५ बलमा ७८ रन र तुल बहादुर थापाले १५ बलमा ४९ रनको योगदान दिएका थिए ।
गल्कोटको लागि लक्ष्मण जिसीले ३ ओभरमा २३ रन खर्चेर ४ विकेट लिएका थिएभने सुदिप बस्नेतले २ विकेट हातपारेका थिए ।
१ सय ७३ रनको विजयी लक्ष्य पक्षाएको गल्कोट ११ ओभरमा ७१ रनमा अलआउट भएको थियो ।
फ्युचरका आदेशले ४ विकेट र तुल बहादुरले ३ विकेट हात पारे ।
यस्तै शुक्रबार नै भएको समुह चरणको खेलमा चिल्ड्रेन लाईफ बोर्डिङ र मातादेविले जित हात पारेका छन् ।
चिल्ड्रेन लाईफ बोर्डिङले कँुडुले मावि माथि १ विकेट जित हात पारेको छ । जितको लागि ८७ रनको विजयी लक्ष्य पछ्याएको चिल्ड्रेन लाईफले १४ ओभरमा ९ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो ।
त्यसअघि टस जितेर पहिले व्याटिङ गरेको कुँडुलेले १५ ओभरमा सवै विकेट गुमाएर ८६ रन बनाएको थियो ।
यस्तै शुक्रबार नै भएको समुह चरणको अन्तिम खेलमा मातादेविले फ्युचर ब्राइटर बोर्डिङ (बि)लाई ३१ रनले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ गरेको मातादेवीले १५ ओभरमा ८ विकेटको क्षतिमा १ सय ८ रन बनाएको थियो । मातादेवीको लागि ओपनर पुस्कल गौडेलले सर्वाधिक २९ रनको योगदान दिएका थिए ।
फ्युचरका अमन बोहोराले ३ विकेट हात पारे ।
१ सय ८ रनको विजयी लक्ष्य पछ्याएको फ्युचर १४ ओभरमा सवै विकेट गुमाएर ७६ रनमा समेटिएको थियो ।
२५ गते सम्पन्न हुने प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको म्यानअफदि सिरिजले ४ हजार र उत्कृष्ट बलर र ब्याट्सम्यानले सम्मान २–२ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक फ्युचर स्पोट्र्स क्लबका सचिव फडिन्द्र खड्काले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागि १ लाख ६६ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिता अन्तरगत शनिबार (भोली) तीन ओटै क्वाटरफाइनलका खेलहरु हुने आयोजकले जनाएको छ । पहिलो खेलमा धाईरेनि मावि पाङ विरुद्ध चिल्ड्रेन लाईफ बोर्डिङ, दोस्रो खेल अमर आदर्श (निलो) विरुद्ध मातादेवी र तेस्रो खेल डिग्नीटी कलेज (ए) विरुद्ध डिग्नीटी कलेज (वि) विच खेल हुने फ्युचर स्पोर्टस् क्लबका सचिव खड्काले जानकारी दिनुभयो ।










