अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिताः डिग्नीटी ‘ए’ र गल्कोट क्याम्पस विजयी

बागलुङ, २१ कार्तिक ।
फ्युचर स्पोर्टस् क्लबको आयोजनामा बागलुङमा जारी प्रथम फ्युचर कप एफ–१५ अन्तर कलेज स्तरीय क्रिकेट प्रतियोगिताको दोस्रो दिन दुई खेल भएका छन्भने एक टिमले वाकओभर पाउँदै विजयी भएको छ ।
बिहीबार भएको पहिलो खेलमा डिग्नीटी कलेज ‘ए’ ६ रनले विजयी भएको छ । डिग्नीटीले कालिका कन्या मन्दिरलाई ६ रनले पराजित गरेको थियो ।
टस जितेर पहिले व्याटिङ गरेको डिग्नीटीको लागि अनुपले १४ र विजय सापकोटाले १३ रनको मद्धतमा १५ ओभरमा ९ विकेट गुमाएर ८८ रन बनाएको थियो । कालिका कन्याको लागि सन्दिप पन्तले ३ विकेट लिएका थिए ।
८९ रनको बिजयी लक्ष्य पक्ष्याएको कालिका कन्याले १५ ओभरमा ८ विकेट गुमाएर ८२ रनमा सिमित भएको थियो । कालिका कन्याको लागि सन्दिप पन्तले २१ बलमा २३ रन बनाउनुबाहेक अन्य व्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् ।
डिग्नीको जितको लागि पासिङ पुनले ४ विकेट लिएका थिए ।
यस्तै बिहीबारको दोस्रो खेलमा नवजागरित मावि उपस्थित नभएपछि अमर आदर्श मावि (निलो) स्वत विजयी भएको थियो ।
यस्तै तेस्रो खेलमा गल्कोट बहुमुखी क्याम्पसले न्यू ओएसिस एकेडेमीलाई ३ विकेटले पराजित गरेको छ ।
टस हारेर पहिले व्याटिङ गरेको न्यू ओएसिसले १५ ओभरमा ७ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । १ सय ५ रनको विजयी लक्ष्य पक्षाएको गल्कोट बहुमुखी क्याम्पसले १४ ओभरमा ७ विकेट गुमाएर लक्ष्य भेटायो ।
कार्तिक २४ गतेसम्म संचालन हुने प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको म्यानअफदि सिरिजले ४ हजार र उत्कृष्ट बलर र ब्याट्सम्यानले सम्मान २–२ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक फ्युचर स्पोट्र्स क्लबका सचिव फडिन्द्र खड्काले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागि १ लाख ६६ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
प्रतियोगिता अन्तरगत शुक्रबार (भोली)को पहिलो खेल चिल्ड्रेन लाईफ बोर्डिङ स्कुल विरुद्ध कुडुले मावि, दोस्रो खेल फ्युचर ब्राइटर बोर्डिङ विरुद्ध मतिदेवी र तेस्रो खेल फ्युचर ब्राईटर बोर्डिङ (ए) विरुद्ध गल्कोट बहुमुखी क्याम्पसका विच हुने सचिव खड्काले जानकारी दिनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here