बागलुङका दुई खेलाडी बिच भलिबलको राष्ट्रिय टिममा

अर्जुन कार्की
बागलुङ, २१ कार्तिक । 
नेपालमा हुने १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत पुरुष बिच भलिबलमा बागलुङका दुई खेलाडी छनोट भएका छन् ।
नेपाल भलिबल संघले छनोट गरेका ४ जना खेलाडीमा बागलुङको देविस्थानका दिल सुनार र गल्कोट हरिचौरका राजु विक छनोट भएका हुन् । दुवै खेलाडी पहिलो पटक विच भलिबलको राष्ट्रिय टिममा पर्न सफल भएका हुन् ।
पोखरामा भएको बिच भलिबलको राष्ट्रिय प्रतियोगितामा गरेको प्रदर्शनको आधारमा संघले खेलाडी बन्द प्रशिक्षणमा राखेको थियो । उक्त प्रतियोगितामा आर्मिबाट सहभागि भई सुनार र गण्डकी प्रदेशबाट सहभागि भई विकले उत्कृष्ट खेल प्रस्तुत गरेपछि बन्द प्रशिक्षणमा पर्न सफल भएका थिए । बन्द प्रशिक्षणमा रहेका दुवै खेलाडी राष्ट्रिय टिममा परेका हुन् ।


गण्डकी प्रदेशबाट भलिबल खेल्दै आएका गल्कोटका विक पहिलो पटक बिच भलिबलको राष्ट्रिय टिममा स्थान बनाएका हुन्भने देविस्थानका सुनारले भलिबल प्रतियोगिता मार्फत राष्ट्रिय टिमको प्रतिनिधित्व गरिसकेको भएपनि बिच भलिबलमा पहिलो पटक स्थान बनाएका हुन् ।
सागका लागि राष्ट्रिय भलिबल टिमका पूर्व सदस्य मान बहादुर श्रेष्ठ र सञ्जु बिक्रम शाह पनि छनोट भएका छन् । साग प्रतियोगिताको तयारीलाई नेपाली राष्ट्रिय बिच भलिबल टोली अहिले श्रीलंका रहेको छ ।
नेपालमा आयोजना हुने साग मंसिर १५ देखि २४ गतेसम्म काठमाडौं र पोखरामा सञ्चालन हुनेछ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here