अन्तर कलेज स्तरीय क्रिकेटः धाइरेनी मावि र डिग्नीटी ‘बि’को विजयी सुरुवात

बागलुङ, २० कार्तिक ।
बागलुङ बजारमा बुधबारदेखि सुरु भएको प्रथम फ्युचर कप एफ–१५ अन्तर कलेज क्रिकेट प्रतियोगितामा धाइरेनी मावि र डिग्नीटि कलेजले विजयी सुरुवात गरेका छन् ।
प्रतियोगिताको पहिलो खेलमा धाइरेनी माविले सन्राइज माविलाई २ विकेट पराजित ग¥यो ।


टस जितेर पहिले व्याटिङ रोजेको सन्राइज स्कुलले १५ ओभरमा ७ विकेटको नोकसानीमा ९९ रन बनाएको थियो । एक सय रनको जबाफी व्याटिङ गरेको धाइरेनी माविले १५ ओभरमा ८ विकेट गुमाएर लक्ष्य भटायो । धाइरेनीको जितको लागि कमल रिजालले प्रतियोगिताकै पहिलो अर्धशतक प्रहार गरेका थिए । खेलको म्यानअफदी म्याच घोषित भएका रिजालले ३९ बलमा ५६ रन प्रहार गरेका थिए ।


यस्तै आजै भएको दोस्रो खेलमा डिग्नीटी कलेजको ‘बि’ टिमले जित हासिल गरेको छ । डिग्नीटी कलेजले अमर आदर्श (रातो)लाई ७३ रनले पराजित गरेको हो । टस हारेर पहिले व्याटिङ गरेको डिग्नीकोले १५ ओभरमा ८ विकेट गुमाएर १ सय ४ रन बनाएको थियो । १ सय ५ रनको विजयी लक्ष्य पछाएको अमर आदर्श ७ ओभरमा अलआउट हुँदै ३१ रनमा समेटिएको थियो ।
कार्तिक २४ गतेसम्म संचालन हुने प्रतियोगितामा १५ टिमले सहभागिता जनाएका छन् ।
प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै प्रतियोगिताको म्यानअफदि सिरिजले ४ हजार र उत्कृष्ट बलर र ब्याट्सम्यानले सम्मान २–२ हजार रुपैयाँ प्राप्त गर्ने आयोजक फ्युचर स्पोट्र्स क्लबका सचिव फडिन्द्र खड्काले जानकारी दिनुभयो । प्रतियोगिता सम्पन्न गर्नको लागि १ लाख ६६ हजार रुपैयाँ खर्च लाग्ने आयोजकले अनुमान गरेको छ ।
यस्तै प्रतियोगिताको उद्घाटन अगाडी पत्रकार र बागलुङ नगरपालिकाका कर्मचारी संयुक्त टिम र जिल्ला क्रिकेट विकास समिति र फ्युचर ब्राईटर माविका शिक्षकहरुको संयुक्त टिम विच मैत्रीपूर्ण क्रिकेट प्रतियोगिता भएको थियो ।
१२ ओभरको खेलाईएको मैत्रीपूर्ण खेलमा क्रिकेट विकास समिति र फ्युचर ब्राईटरका शिक्षकहरुको टिम विजयी भएको थियो ।


टिस जितेर पहिले व्याटिङ गरेको पत्रकार र कर्मचारीको टिमले १२ ओभरमा अल आउट हुँदै ८३ रन बनाएको थियो । ८४ रनको लक्ष्य पछाएको क्रिकेट विकास समिति र शिक्षकहरुको टिमले ११ ओभरमा २ विकेट गुमाएर लक्ष्य भेटाएको थियो । क्रिकेट विकास समितिको जितमा दिपेन्द्र खड्काले सर्वाधिक २९ रन बनाएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here