
अनिश खाती
बागलुङ, २० कार्तिक ।
बागलुङका एक युवाले जन्मदिनको अवसरमा बुधबार मानवसेवा आश्रम बागलुङलाई खाद्यान्न सहयोग गरेका छन् ।
बागलुङ नगरपालिका वडा नम्बर ७ ठाडस्वरका विष्णु प्रसाद विश्वकर्माले बुधबार आफ्नो जन्म दिनको अवसरमा मानवसेवा आश्रमलाई ६ हजार ५ सय रुपैयाँ बराबरको खाद्यान्न सहयोग गरेका हुन् ।

विश्वकर्माले जन्मदिनको अवसरमा धेरै युवाहरुले बाहिर होटल रेष्टुरेन्टमा खाजा खाएर र पार्टी गरेर खर्च गर्ने गरेको अवस्थामा आफुलाई मानवताको लागि खर्च गर्नुपर्छ भन्ने सोचले आश्रमलाई सहयोग गरेको बताउनुभयो । उहाँले बागलुङमा मानवसेवा आश्रमको सुरुवात भएपछि अहिले धेरै व्यक्तिहरुले सहयोग गरिरहेकोले आफुलाई पनि सहयोग गर्ने भावनाले खाद्यन्न सहयोग गरेको बताउनुभयो ।
विश्वकर्माले मानवसेवा आश्रमलाई चामल, दाल, तरकारीहरु सहयोग गर्नुभएको थियो ।










