उपचुनावः बागलुङ २ (ख)मा काँग्रेसबाट जित शेरचनको उम्मेदवारी पक्का

बागलुङ, २० कार्तिक ।
मंसिर १४ गते बागलुङ निर्वाचन क्षेत्र नम्बर २ प्रदेश ‘ख’मा हुन लागेको उपनिर्वाचनको लागि नेपाली काँग्रेसले जित शेरचनलाई उम्मेदवार बनाउने घोषणा गरेको छ ।
नेपाली काँग्रेसको केन्द्रिय कार्यालयमा बुधबार बसेको केन्द्रिय समितिको बैठकले बागलुङको लागि जित शेरचनलाई उम्मेदवारी बनाउने निर्णय गरेको हो ।
उम्मेदवार जित शेरचन यस अघिको निर्वाचनमा पनि उम्मेदवार थिए । शेरचन यस अघिको निर्वाचनमा राष्ट्रिय जनमोर्चा र नेकपाका संयुक्त उम्मेदवार स्व. टेकबहादुर घर्ति सँग पराजित भएका थिए । घर्तिले ११ हजार ८ सय ८४ मत ल्याएका थिए भने शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए ।
विद्यार्थीकाल देखीनै आफ्नो राजनिति यात्रा शुरु गरेका शेरचन नेविसंघ बागलुङको विभिन्न पदमा रही काम गरेका थिए । उनी २०६२ सालमा नेविसंघबाट ताजहल क्याम्पस काठमाण्डौंको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । २०६७ मा नेविसंघको केन्द्रिय सदस्य भएका शेरचन हाल काँग्रेसको महाधिवेशन प्रतिनिधि छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here