बागलुङमा टि–१५ अन्तर कलेज क्रिकेट प्रतियोगिता हुँदै

बागलुङ, १८ कार्तिक ।
बागलुङ सदरमुकाम बागलुङ बजारमा प्रथम फ्युचर कप टि–१५ अन्तर कलेज क्रिकेट प्रतियोगिता हुने भएको छ ।
फ्युचर स्पोट्र्स क्लबको आयोजना र फ्युचर ब्राइटर माध्यमिक विद्यालयको सहआयोजनामा कार्तिक २० गतेदेखि २३ गतेसम्म क्रिकेट प्रतियोगिता हुन लागेको हो ।
पछिल्लो समयमा क्रिकेट खेलपति युवाहरुको आकर्षण बढ्दै गइरहेकोले बागलुङबाट नयाँ खेलाडीहरु उत्पादन गर्न सहयोग पु¥याउन प्रतियोगिताको आयोजना गरिएको फ्युचर स्पोट्र्स क्लब बागलुङका सचिव एवंम् खेल संयोजक फडिन्द्र खड्काले जानकारी दिनुभयो ।
२१ वर्ष उमेर समुहका विद्यार्थीहरुले मात्र भाग लिन पाउने प्रतियोगितामा एक जना कलेज बाहिरको सिनियर खेलाडी राख्न पाउने आयोजकले जनाएको छ ।
प्रतियोगितामा बागलुङ सहित पर्वत जिल्लाका गरी १३ कलेजहरुले भाग लिने आयोजकले आकलन गरेको छ ।
प्रतियोगिताको विजेताले ४० हजार र उपविजेताले २० हजार रुपैयाँ प्राप्त गर्ने खेल संयोजक खड्काले जानकारी दिनुभयो । यस्तै प्रतियोगिताको एलभिडब्लु नियम लागु नहुने आयोजकले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here