
बागलुङ, १७ कार्तिक ।
मिलन सामुायिक विकास केन्द्र बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाले आफ्नो बार्षिकोत्सव तथा बडा दशैं मेला २०७६ को आयव्यय सार्वजनिक गरेको छ ।
केन्द्रले असोज १५ देखि १९ सम्म आयोजना गरेको मेलाको आयव्यय शनिबार सार्वजनिक गरिएको हो ।
क्लबले मेलामा ७ लाख ६० हजार ८ सय ६६ रुपैयाँ आम्दानी गरेको र ४ लाख ७७ हजार ५ सय ३२ रुपैयाँ खर्च भएको क्लबका अध्यक्ष क्षेत्रबहादुर केसीले जानकारी दिनुभयो ।
आयव्यय सार्वजनिक कार्यक्रममा बोल्दै बागलुङ नगरपालिका वडा नम्बर ५ मालिकाका वडाअध्यक्ष शिवप्रसाद सापकोटाले सवै संघसंस्थाहरुले आयोजना गर्ने कार्यक्रमहरुको पनि आयव्यय सार्वजनिक गरिनुपर्ने बताउनुभयो । उहाँले आयव्यय सार्वजनिक गरेमा संघसंस्थाको पारदर्शिता र समाज परिवर्तनका लागि महत्वपूर्ण भुमिका खेल्ने बताउनुभयो ।
क्लबका अध्यक्ष क्षेत्रबहादुर के.सीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत सदस्य हिमाल गौतम र संचालन सचिव अम्बर बहादुर थापाले गर्नुभएको थियो ।










