
बागलुङ, १७ कार्तिक ।
बागलुङ पर्यटन विकास समितिको अध्यक्षमा राजु खड्का चयन हुनुभएको छ ।
समितिको शनिबार सम्पन्न प्रथम अधिवेशनले बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका खड्काको अध्यक्षता सर्वसम्मत १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले वरिष्ठ उपाध्यक्षमा राज थापा, उपाध्यक्षमा शेरमान घर्ति, महिला उपाध्यक्षमा भविकला रोका, सचिवमा अर्जुन चोखाल, सहसचिवमा नारायण आचार्य र कोषाध्यक्षमा नरेश कंडेललाई चयन गरेको छ । यस्तै सदस्यहरुमा प्रेम लामिछाने, किरण आचार्य, दानबहादुर थापा, बेगमति घर्ति, गण्डकी थापा, कमला पुन मगर, बिरजंग भण्डारी, सञ्जय श्रेष्ठ र हिरा पुन छन् ।
यस्तै आठ सदस्य आमिन्त्रत गरिएको छ । जसमा विजय राना, झमन पाण्डे, खिम बहादुर थापा, टिका संगम वि.क., राजु आचार्य, जित बहादुर क्षेत्री, कौसिला पुन र ज्ञानेन्द्र ढकाल छन् ।
अधिवेशनबाट विष्णु अधिकारीको संयोजकत्वमा तीन सदस्य लेखा समिति गठन गरिएको छ । समितिको सदस्यमा टेक बहादुर क्षेत्री र केशव कार्की छन् ।
समितिको बार्षिक साधारणसभा तथा प्रथम अधिवेशनको उद्घाटन समारोहमा बोल्दै संघीय सांसद सुर्य पाठकले जिल्लालाई पर्यटकीय हब बनाउनको लागि आफुहरु लागि परेको बताउनुभयो । उहाँहले नेपाल सरकारले घोषणा गरेका पर्यटकीयस्थलहरुमा बागलुङ कालिका, पञ्चकोट, गाजा दह, ढोरपाटन परेको बताउँदै उक्त स्थानमा सरकारबाट पूर्वाधार निर्माणको लागि बजेट विनियोजित भएको बताउनुभयो ।
सांसद पाठकले जिल्लामा पछिल्लो समयमा पर्यटकहरु बजारमा भित्र्ने क्रम बढेको बताउँदै पर्यटकहरुको आगमनले जिल्लामा रहेका व्यवसायमा पनि फाइदा पुग्ने बताउनुभयो ।
कार्यक्रममा प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री, धवलागिरी बहुमुखी क्याम्पसका प्रमुख तथा डाक्टर प्रध्यापक रामप्रसाद उपाध्याय, बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, नेकपाका नेता कृष्ण पाठक, राष्ट्रिय जनमोर्चाका थानेश्वर सुवेदी, राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त)का शैलेन्द्र कुमार श्रेष्ठ र धोलागिरी गण्डकी यातायात सेवा प्रा.लिका अध्यक्ष उमेश केसीले मन्तव्य व्यक्त गर्नुभएको थियो ।
तदर्थ समितिका संयोजक राजु खड्काको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत बरिष्ठ उपाध्यक्ष राज थापा र सञ्चालन सचिव अर्जुन चोखालले गर्नुभएको थियो ।










