म्याग्दीको रुममा जीप दुर्घटना, २ जनाको घट्नास्थलमै मृत्यु

म्याग्दी, १५ कात्तिक ।
शुक्रबार दिउँसो म्याग्दीको मालिका गाउँपालिका–२ रुममा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
दरवाङ बजारदेखि रुम जाँदै गरेको ध१ज ५९८ नं.को जीप बिलबाङगाउँ नजिकैको दरखाको आसन भन्ने ठाउँमा दुर्घटना भएको हो ।
दुर्घटनामा अन्दाजी ४५ बर्षिया चन्द्रबहादुर पुन र सक बहादुर विकको घटनास्थलमै मृत्यु भएको छ । जिप पल्टिदाँ उछिट्टिएर भीरबाट खस्दा पुन र विकको घटनास्थलमै मृत्यु भएको मालिका गाउँपालिका वडा नं ६ दरबाङका अध्यक्ष सन्तनाथ सुदेदीले बताए । उनका अनुसार घटनास्थलमा दुईजना भीरमा अढ्किएर ज्यान जोगिएको सुबेदीको भनाई छ ।


उकालो बाटोमा जीप पछाडि घस्रिएर सडकमै पल्टिएको घटनास्थल पुगेका मालिका गाउँपालिका–६ का वडाध्यक्ष सन्तोष सुवेदीले बताए । इलाका प्रहरी कार्यालय दरवाङबाट गएको प्रहरी टोली, रेडक्रसकर्मी, जनप्रतिनिधि र स्थानीयवासीहरु उद्धारमा खटिएका थिए ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here