
बागलुङ, १३ कार्तिक ।
बागलुङ जिल्लाकै पहिलो घरबास (होमस्टे) गाउँ हो ‘भकुण्डे’ । बागलुङ कालिका भगवती मन्दिर सिरमा पर्ने भकुण्डेको अर्का पहिचान हो पर्यटकीय गाउँ ।

बागलुङ नगरपालिका वडा नम्बर १० भकुण्डे (साविकाको भकुण्डे गा.वि.स.)मा ८ सय भन्दा बढी घरधुरी छन् । जनजाति समुदायको बाक्लो जनसंख्या रहेको भकुण्डेमा मगर, बाहुन, क्षेत्री, दलित आदि जातको बसोबास रहेको छ ।
भकुण्डेलाई पर्यटकीयस्थलको रुपमा विकास गर्नको लागि भन्दै २०६९ सालदेखि मगरका ९ घरमा अतिथि सत्कार घरबास (होमस्टे) संचालन थालिएको हो । बागलुङ बजारबाट नजिकै रहेको उक्त गाउँबाट धौलागिरी, अन्नपूर्ण र माछापुच्छ«े लगायतका २ दर्शन भन्दा बढी हिमश्रृखलाहरु देख्न सकिन्छ ।

भकुण्डेमा जाने पर्यटकहरुको लागि होमस्टेमा साँझ सालैजो, यानिमाया, झ्याउरे लगायतको नाँचगान र सांस्कृतिक कार्यक्रम देखाइन्छ ।
भकुण्डेमा जाने पर्यटकहरुको लागि हेर्ना लायक मुख्य स्थानहरुमा बराह ताल, मुलाबारी, भ्यूटावर, लगायत हिमश्रृखलाहरु रहेका छन् । भकुण्डेको अतिथि होमस्टेमा त्यहाँको लोक कुखुराको मासु, भटमास, मकै, मुला, कोदाको रोटी, ढिडो लगायतका खानाका परिवारहरु पाइन्छ ।

कसरी पुग्नेः काठमाडौं–पोखरा २०० किमी । पोखरा–बागलुङ ७२ किमी । काठमाडौंबाट बागलुङसम्म डिलक्स, एसी बस, माइक्रो बस, जिप चल्छन् ।
पोखराबाट पनि जिप र ट्याक्सी चल्छन् । बागलुङ बजारबाट १३ किमीमा भकुण्डे छ । बागलुङ बजारबाट भकुण्डे जानको लागि जीप पाइन्छ भने पैदल पनि जान सकिन्छ ।
भकुण्डेको अतिथि होमस्टेको सम्पर्कको लागि खिमबहादुर थापा ९८४७६२८४९०


























