बागलुङमा आएका पर्यटकलाई बागलुङ नगरले गर्यो स्वागत

बागलुङ, १३ कार्तिक ।
बागलुङ नगरपालिकाको दुईदिने भ्रमणमा बागलुङ आएका भेगन ग्रुुपका पर्यकहरुलाई बुधबार बागलुुङ बजारमा स्वागत गरिएको छ । बागलुङ नगरपालिकाको संस्थागत पहलमा आएका युरोप तथा अमेरिकाका पर्यटकहरुलाई नगरपालिकाले फुलमालाले स्वागत गरेको हो ।
पर्यटकहरुलाई स्वागतको क्रममा बागलुङ बजारको लोकतान्त्रीकचोकमा मगर संस्कृतिको प्रदर्शन गरी स्वागत समेत गरिएको थियो । दुुईदिने वसाईका क्रममा बागलुङ आएका भेगन ग्रुपलाई मगर सेवा समाज गुठीका देउसी भैलोले थाली नाच, सोरठी तथा देउसुरे गीत मार्फत स्वागत गरेका थिए ।
भेगन ग्रुपका प्रतिनिधि ज्याकले दुई बर्ष अगाडी नगरपालिकाको अनुरोधमा नगरपालिका भित्रको पर्यटकीय सम्भाव्यताको अध्ययन गरेर उपयुक्त ठानेपछि अहिले नियमित भ्रमणमा आउने भएको बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो ।
बागलुङलाई अन्तराष्ट्रिय जगतमा चिनाउनका लागि भेगन ग्रुपले ठुलो महत्व राख्ने पर्यटन व्यवसायीहरु बताएका छन् । उनीहरुले दुई दिनको क्रममा बागलुङ बजार, गण्डकी प्रदेशकै प्रशिद्ध धार्मिक स्थल बागलुङ कालिका मन्दिर तथा पैदल मार्ग मार्फत बागलुङ जिल्लाकै पहिलो घरबास अथिति सत्कार घरबास भकुण्डे, मुलावारी भ्युटावर लगायतका पर्यटकीय स्थलहरुको अवलोकनको व्यवस्था गरिएको भेगनका नेपाली प्रतिनिधि महादेव शर्माले जानकारी दिनुुभयो ।
दुई बर्ष पहिला सम्भाव्यता अध्ययनका क्रममा भकुण्डे पुग्ने सडक सुधार गर्न बागलुङ नगरपालिकालाई भेगनले सुझाव दिए अनुसार सडकको स्तरउन्नती समेत गरिएको छ । भेगन ग्रुपले बागलुङलाई आफ्नो भ्रमण क्षेत्रको रुपमा रेकर्ड राखेर नियमित रुपमा विदेशी पर्यटक भित्राउने लक्ष्य राखेको छ ।
स्वागत कार्यक्रममा बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुक बहादुर क्षेत्री, उद्योग वाणिज्य संघका अध्यक्ष युवराज राजभण्डारी, प्रहरी प्रमुख नवराज भट्ट लगायतले पर्यटकहरुलाई फुल मालाले स्वागत गर्नुभएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here