खाना पकाउने ग्यास सिलिण्डर पड्किएर आगलागी हुँदा निसीखोलामा एक घर जलेर नष्ट

बल बहादुर रोका
बागलुङ, १३ कार्तिक
बागलुङको निसीखोला गाउपालिका वडा नम्बर १ देबिस्थानमा खाना पकाउने सिलिण्डर ग्यास पत्केर आगलागी हुँदा एक घर जलेर नष्ट भएको छ ।
तिहारको दिन बेलुकी १० बजेको समयमा देविस्थान निवासी हरिलाल कुवँरको घर जलेर नष्ट हुँदा करिब रु १२ लाख क्षती भएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङले जानकारी दिएको छ ।
घरमा खाना पकाउने राखिएको दुुईवटा ग्यास पत्किदा लागलागी भएको र आगलागीबाट कुुनै मानविय क्षति नभएको ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक सूरज खड्काले जानकारी दिनुुभएको छ ।
राति १० बजे लागेको आगो स्थानीय बासिन्दा, झिवा खोला प्रहरी र ईलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरीहरुको सक्रियतामा राति १ बजेमात्र आगो नियन्त्रणमा आएको स्थानीय भरत कुँवरले बताउनुुभयो । आगलागीमा परेर घर पुर्णरुपमा क्षति भएकोे प्रत्यक्षदर्शीले बताएका छन् ।
आगलागीको घटना थाहा पाएपछि ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले घटना प्रति दुस्ख ब्यक्त गर्दै एक नेपालीलाई परेको दुस्खमा सबै नेपालीले साथ दिनु पर्ने बताउनुभयो ।
नगरप्रमुख नेपालीले आगलागीबाट बेघर बनेका पीडित परिवारलाई आफ्नो तर्फबाट रु १ लाख सहयोग गर्ने घोषणा गर्दै तत्काल रु ५० हजार पीडित परिवारलाई दिनुुभएको थियो । नगरप्रमुख नेपालीले घर निर्माणको लागि ५० बोरा सिमेन्ट, घर छाउन लाग्ने जस्ता पाता र जमिन सम्माउनको लागी डोजरको ब्यबस्था समेत गरिदिने उद्घोष गर्नुुभएको थियो आगलागी पीडित परिवार भने अहिले आफन्तको बसेका छन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here