बडिगाड २ को उपनिर्वाचनको लागि नेकपा र काग्रेसको सर्वसम्मत उम्मेदवार चयन

बागलुङ, १२ कार्तिक ।
बडिगाड गाउँपालिका वडा नम्बर २ को उपनिर्वाचनमा वडा अध्यक्ष पदको लागि नेपाल कम्यूनिष्ट पार्टी ९ने।क।पा।० र नेपाली काँग्रेसले सर्वसम्मत उम्मेदवार चयन गरेका छन् ।
नेकपाले जिल्ला कमिटि सदस्य ढालेन्द्र शेरचनलाई वडा अध्यक्षमा सिफारिस गरेको छ । यस्तै नेपाली काग्रेसले वडाका उपसभापति डिल बहादुर रानालाई उमेद्वार बनाउने निर्णय गरेको तत्कालिन गाविस समितिका उपाध्यक्ष चुमाकान्त पोखरेलले जानकारी दिनुभएको छ।
त्यस्तै वडा अध्यक्षको उम्मेदवारको लागि राष्ट्रिय जनमोर्चाले ३ जनाको नाम जिल्ला कमिटिमा सिफरिस गरेको छ। जस अन्तरगत यस अघिको चुनावका प्रत्यासी समेत रहेका प्रेम पुन, सहित दोर्ण बन र दिलमाया गिरिलाई सिफरिस गरिएको जनमोर्चाले जनाएको छ।
बडिगाड गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्षमा निर्वाचित विष्णु प्रसाद भुसाल जिल्ला समन्वय समितिको उपप्रमुख भएपछि रिक्त रहेको अध्यक्ष पदमा उपनिर्वाचन हुन लागेको हो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here