राम सुवेदी
बागलुङ (बुर्तिबाङ), ८ कार्तिक ।
तमानखोला गाउँपालिकामा पिकअप जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
तमानखोला गाउँपालिका वडा नम्बर ३ तमानदेखि वडा नम्बर १ बोङगादोभान बजार आउँदै गरेको ध १ ज ७०५ नम्बरको पिकअप जीप रिक्mलाङमा दुर्घटना भएको हो ।
पिकअप सडकदेखि करिब १५oo मिटर तल खसेको प्रहरी चौकी बोङ्गादोभानका प्रहरी हवल्दार देबिराम सुनारले जनाकारी दिए ।
गाडी घुम्तीमा साँघुरो सडक भएको हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ । एक जना मृत फेला परे पनि उनको पहिचान हुन नसकेको प्रहरी हवल्दार सुनारको भनाई छ । चालक भने फेला नपरेको बताइएको छ ।
रातको समयमा दुर्घटना हुँदा खोजि कार्यमा समस्या भएको बताइएको छ । गाडीमा २ जना मात्रै सवार हुन सक्ने आशंका गरिएको छ ।










