सेवेन ए साईड फुटबलको उपाधि आयोजक संयुक्त चार (सेतो)लाई

बागलुङ, ६ कार्तिक ।
बागलुङ नगरपालिका वडा नम्बर ४ ओडारचौरमा संचालन भएको खुल्ला सेवेन ए साइड फुटबल प्रतियोगिताको उपाधि आयोजक संयुक्त चार युवा क्लब (सेतो)ले चुमेको छ ।
बुधबार भएको फाइनल खेलमा आयोजकले रत्नेचौर जागरण समुहलाई टाईब्रेकरमा ३–२ गोलअन्तरले पराजित गर्दै उपाधि जितेको हो । ५० मिनेटको खेलाइएको फाइनल खेलमा दुवै टिम निर्धारित समयमा गोलरहित बराबरीमा सकिएपछि टाईब्रेकरमा धकेलिएको थियो ।
टाईब्रेकरमा रत्नेचौरका एक खेलाडीको प्रहार संयुक्त चार युवा क्लबका गोलकिपरले विफल पारिदिएका थिए ।
नकआउट चरणमा खेलाइएको प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियो ।
उपाधि जितेको आयोजक संयुक्त चार युवा क्लब (सेतो)ले ५१ हजार रुपैयाँ प्राप्त गर्योभने उपविजेता रत्नेचौरले २५ हजार ५ सयमा चित्त बुझायो ।

2 टिप्पणी

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here