जनप्रतिनिधिलाई बलेवाबासीको प्रश्न: अब बलेवा विमानस्थलमा जहाज कहिले चल्छ ?

बागलुङ, ५ कार्तिक ।
स्थानीय तहको निर्वाचनताका बागलुङ नगरपालिका–१४ नारायणस्थानको बलेवा एयरपोर्ट संचालनको विषय सबैको प्राथमिकतामा थियो ।
स्थानीय तह, प्रदेश र संघीय निर्वाचनमा समेत बागलुङको गौरव भनेर सबै राजनीतिक दलले एयरपोर्ट संचालनको मुद्दालाई घोषण पत्रमा नै समावेश गरे ।
स्थानीय तहको निर्वाचन सकिए लगतै बागलुङ नगरपालिकाको पहलमा एयरपोर्ट केही समय संचालन पनि भयो । नगरपालिकाले आर्थिक सहयोग गर्ने ग्यारेन्टी लिएर संचालनमा आएको हवाई सेवा, आर्थिक सहयोग रोकिए पछि बन्दभयो । अहिले बलेवा एयरपोर्टको धावन मार्गमा घाँसले भरिएको छ ।


एयरपोर्ट घाँसे मैदानको रुपमा विकास भएको छ । नगरपालिकाको विशेष पहलमा एयरपोर्ट संचालनमा आए पछि निकै हौसिएका स्थानीय अहिले निरास भएका छन् । नारायणस्थान पुग्ने हरेक जनप्रतिनिधिलाई उनीहरुको प्रश्न हुन्छ अब हवाई जहाज कहिले चल्छ ?
नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङ नगर कमिटीले सोमबार नारायणस्थानमा आयोजना गरेको ‘जनतासँग जनप्रतिनिधि कार्यक्रमका सहभागी स्थानीयले सोही प्रश्न दोहो¥याए जहाज कहिले चल्छ ।’


स्थानीय सरकार बने पछि जहाज निरन्तर चल्ने आसा गरेका थियौँ त्यो पुरा भएन स्थानीले भने–बलेवा क्षेत्रको आर्थिक विकास र पहिचानसँग जोडिएको हवाई मार्गलाई तत्काल संचालन गर्न पहल गर्नु प¥यो ।’
स्थानीयले सडक, खानेपानी, शिक्षा, स्वास्थ्यको गुणस्तर सुधारमा पर्याप्त ध्यान दिन जनप्रतिनिधिलाई सुझाव दिएका थिए । जनताको प्रश्नको जवाफ दिँदै बागलुङ नगरपालिकाका प्रमुख जनकराज पौडेलले कालीगण्डकी करिडोरको स्तरवृद्धि तथा रनवेन निर्माण गरेर दीर्घकालिन हवाई सेवा संचालन गर्ने बताउनुभयो ।


‘मुख्य विषय सडक मार्ग र यात्रुको हो’ उहाँले भन्नुभयो–सधैभरी राजश्व तिरेर जहाज चलाउन मुस्किल छ, यात्रु पनि तयार हुनु प¥यो । वडाभित्रको विकास निर्माणमा पर्याप्त ध्यान दिने उहाँले बताउनुभएको थियो ।
कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङ जिल्ला इन्चार्ज बलावती शर्माले सरकार विकास निर्माण, गरिवि निवारण, भ्रष्टचार न्यूनिकरण र विधिको शासन कायम गर्न तत्लीन रहेकाले जनता उत्पादनमा जोडिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा प्रतिनिधिसभा सांसद मनकुमारी केसी, डा. सूर्य पाठक, गण्डकी प्रदेश सांसद इन्द्रलाल सापकोटा, नेकपा जिल्ला कमिटी सचिव ज्ञामनाथ गैरे लगायतले बोल्नुभएको थियो । कार्यक्रम पार्टी वडाअध्यक्ष सुरेन्द्र थापाको अध्यक्षता, धुर्व श्रीसको स्वागत र इन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो ।


अभियानको बारेमा जानकारी दिँदै नेकपा बागलुङ नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले जनप्रतिनिधि, पार्टी र जनताबीचको सम्बन्धलाई मजबुद, सृजनशिल र सहकार्यत्मक बनाउन कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो ।
बानपा–४ पैयुपाटामा भएको कार्यक्रम पार्टी वडाध्यक्ष उमानाथ शर्माको अध्यक्षता, रुद्र पौडेलको स्वागत र पार्टी नगर कमिटी सचिव इन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here