काग्रेस र राजमोले गरे उमेदवार सिफारिस, नेकपा अन्यौलमा

नवीन शिशिर
बागलुङ, ४ कार्तिक ।
मंसिर १४ गतेका लागि तोकिएको उपचुनावको मिति नजिकिँदै जाँदा बागलुङका राजनीतिक दलहरु उम्मेदवार तय गर्ने चटारोमा छन् ।
एक गण्डकी प्रदेश सदस्य तथा एक वडाध्यक्ष रिक्त पदपूर्तिका लागि उपचुनाव हुन लागेको हो ।
बागलुङ क्षेत्र नं २ को ‘ख’बाट निर्वाचित टेकबहादुर घर्तीको मृत्यु तथा बागलुङको बडिगाढ गाउँपालिका–२ का वडाध्यक्ष विष्णु भुसाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वा्चित भएपछि दुई स्थान रिक्त भएका हुन् ।
उपनिर्वाचनको लागि नेपाली काग्रेसले आकांक्षी क्षेत्र नं. २ का सभापती दोर्णकुमार कुवँर, महाधिवेशन प्रतिनिधी टेकराज पौडेल , महाधिवेशन प्रतिनिधी जीतबहादुर शेरचन र महाधिवेशन प्रतिनिधी तुलासिँह घर्तिमगरको नाम केन्द्रीय पार्टी कार्यालयमा पठाएको छ ।
बामगठबन्धनबाट गतनिर्वाचनमा विजयी राष्ट्रिय जनमोर्चाले पनि तीन जना आंकांक्षीको नाम सिफारिस गरेको छ । जनमोर्चाले स्वर्गीय सांसद टेकबहादुर घर्तीको धर्मपत्नी सुनमाया घर्ति मगर, धर्मबहादुर कुँवर र खिम विक्रम शाहीको नाम सिफारिस गरेको राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापाले जानकारी दिए ।
उपनिर्वाचनमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाले भने अझैसम्म उमेदवार सिफारिस गर्न सकेको छैन । नेकपाले तिहार अगाडी नै उमेदवार सिफारिस गर्ने तयारी गरेको कार्यालय सदस्य लालबहादुर थापाले जानकारी दिए । कात्र्तिक ७ गतेको बागलुङ बजारमा चियापान कार्यक्रम सम्पन्न गरेर ८ गते स्थलगत बैठकबसी उमेदवार सिफारिस गर्ने कार्यालय सदस्य थापाको भनाई छ ।
उपनिर्वाचनलाई शक्ति सन्तुलन र अंकगणिती रुपमा पनि अति महत्वका साथ हेरिएको छ । गत निर्वाचनमा तत्कालिन नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा (राजमो) को बामगठबन्धनले काग्रेस पराजित भएको थियो । उपनिर्वाचनमा भने बाम गठबन्धन कायम रहने नरहने अन्यौलता रहेको छ ।
सत्तारुढ नेकपा तत्कालिन एमाले र माओवादी केन्द्र एकीकरण भए पछि जनमत एक ठाउँमा हुँदा एकल निर्वाचनमा जाने सोचमा छन भने राष्ट्रिय जनमोर्चाले विगतकै सहमति र गठबन्धनलाई निरन्तरदा दिनुपर्नेमा जोडदिँदै आएको छ । यद्यपी जिल्ला तहमा बाम गठबन्धनको विषयमा दुवै तर्फबाट औपचारिक पहल भएको छैन ।
‘दुर्घटना जसलाई पनि पर्न सक्छ, राष्ट्रिय जनमोर्चा बागलुङका अध्यक्ष अमरबहादुर थापाले भने–विगतकै भुगोलमा निर्वाचन हुने हुँदा गठबन्धनले हामीलाई सहयोग गर्नुपर्छ ।’ गठबन्धनको विषयमा केन्द्रीय सहमति आवश्यक भएकाले जिल्लामा औपचारिक सुरुवात नभएको उनले बताए ।
यता, नेकपा कार्यालय सदस्य लालबहादुर थापाले पनि गठबन्धनको विषयमा छलफल नभएको बताउनुभएको छ । ‘जनमतको सम्मान गर्दै नेकपा एकल चुनावी मैदानमा जानुपर्नेमा माग छ’ उनले भने–‘गठबन्धनको विषयले छलफलमा प्रवेश पाएको छैन ।’
गण्डकी प्रदेशसभा सदस्य अन्तर्गत बागलुङ क्षेत्र नं २ को ‘ख’ बाट निर्वा्चित राष्ट्रिय जनमोर्चाका (राजमो) टेकबहादुर घर्तीको २०७५ सालको मङ्सिर २६ गते निधन भएको थियो ।
गएको संसदीय चुनावमा पनि तत्कालीन नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र राष्ट्रिय जनमोर्चाका शीर्षस्थ नेता बसेर उम्मेदवारको भागबण्डा मिलाएका थिए । प्रतिनिधिसभा सदस्यतर्फ निर्वाचन क्षेत्र नं १ मा एमाले, २ मा माओवादी केन्द्रले उम्मेदवार उठाएको थियो । यस्तै प्रदेशसभातर्फ क्षेत्र नं १ (क) मा एमाले, (ख) मा राष्ट्रिय जनमोर्चा, क्षेत्र नं २ (क) माओवादी केन्द्र र (ख) राष्ट्रिय जनमोर्चाले पाएको थियो ।
उपचुनाव हुने क्षेत्र नं २ (ख) मा राष्ट्रिय जनमोर्चाका उम्मेदवार टेकबहादुर घर्तीले ११ हजार ८८४ मत पाउनुभएको थियो । निकटतम प्रतिद्वन्द्वी काङ्ग्रेसका उम्मेदवार जीत शेरचनले आठ हजार ६२४ मत प्राप्त गर्नुभएको थियो । आगामी मङ्सिर १४ गते हुने उपनिर्वाचनमा बागलुङबाट ३८ हजार ७०१ मतदाता सहभागी हुने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here