बालिका अपहरणको आशंकामा एक पक्राउ

बागलुङ, ४ कार्तिक ।
बागलुङको निसीखोला गाउँपालिका–२ देवीस्थानकी एक बालिका अपहरणको आशंकामा एक व्यक्ती पक्राउ परेका छन् ।
निसी–२ वायखोला खाडु बस्ने लोकबहादुर कुवँरकी १० बर्षिया छोरी मिनाक्षी कुवँरलाई अपहरणको आरोपमा साविक पर्वत ठापाठाना–८ घरभई हाल रुपन्देही देवहल–८ भुपी सैनिक बस्ने ३४ वर्षिय अर्जुन कुँवर क्षेत्र पक्राउ परेका हुन ।
पक्राउ परेका कुँवरलाई थप अनुसन्धानको लागि मंगलबार जिल्ला प्रहरी कार्यालय बागलुङ पठाउने इलाका प्रहरी कार्यालय बूर्तिवाङ्गका प्रहरी निरीक्षक सुरज खडकाले जानकारी दिनुभयो ।
घरमा खेली राखेकी १० वर्षिय बालिकालाई विभिन्न प्रलोभन देखाई बुर्तिबाङतर्फ ल्याउँदै गरेको अवस्थामा स्थानीयले घटनाको बारेमा थाहा पाएका थिए । खबर पाए पछि प्रहरीले कँुवरलाई निसीबाटै नियन्त्रणमा लिएको हो । कँुवर एक हप्ता अघि मात्रै बूर्तिवाङ्गको एक रेन्टुरेन्टमा काम गर्न आएको प्रहरीले जनाएको छ ।
सुरुमा घरदेखि भूमिका मिसको घर देखाई दिन आग्रह गर्दै बालिकालाई साथमा लिएका कँुवरले घरदेखी केही पर पुगे पछि बालिकालाई जबरजस्ती समातेर लतारेको र बालिका चिच्याएर रुन थाले पछि स्थानीयले थाहा पाएको वडाध्यक्ष कुविर विकले जानकारी दिनुभयो ।
स्थानीयले थाहा पाए पछि भागेका कँुवरलाई प्रहरी र स्थानीयवासीको सक्रियतामा नियन्त्रणमा लिइएको थियो । केही महिना यता गाउँमा अपरिचित मान्छेहरुको ओहोरदोहोर बढ्दै वडाध्यक्ष विकले बताउनुभयो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here