प्रकाश छन्त्याल
बागलुङ, ४ कार्तिक ।
नेकपा(मसाल) को हालै काठमाडौमा सम्पन्न पार्टीको केन्द्रीय समितिको वैठकले पार्टीका वरिष्ठ नेताहरु सहित करिब ३०० पार्टी सदस्यहरुलाई निस्काशन गरेको छ । हाक साप्ताहिकलाई सहयोग गरेको, हाक साप्ताहिकमा लेख लेखेको, त्यसको विक्री वितरण गरेका पार्टी सदस्यहरुलाई मसालले निस्काशन गरेको हो ।
नेकपा(मसाल) मा लामो समयदेखी चल्दै आएको दुई लाइन सघर्षमा पार्टी महामन्त्री इतरका नेता कार्यकर्ताहरुलाई पार्टीमा कपोकल्पित आरोप लगाउदै पार्टीबाट निस्काशन गर्दै आएका महामन्त्री मोहन बिक्रम सिंहको ठाडो प्रस्तावमा अहिले ठुलो सङ्ख्यामा उनिहरुलाई निस्काशन गरिएको हो ।
भावी पार्टी महामन्त्रीको रुपमा हेरिएका वरिष्ठ नेता सन्त बहादुर नेपालि, हाक साप्ताहिकका कार्यकारी सम्पादक नारायण शर्मा, प्रधान सम्पादक गोविन्द बहादुर थापा र युवा नेता सागर कुवरलाई पार्टीबाट अनिश्चितकालिन निस्काशन गरिएको स्रोतले बतायो ।
हाक साप्ताहिकमा लेख लेखेको तथा विक्री वितरण गरेको आधारमा नेता शशिधर भन्डारी, गौरिलाल कार्की, अपत्य शर्मा, सुर्या थापा, गुणनिधी आचार्य, हिमलाल वाग्ले, बाबुराम आचर्य, दिपक पौडेल लगायतलाई एक वर्ष निस्काशन गरिएको छ भने महिला नेतृ मनु वि.क. लगायतलाई ६ महिनाको निलम्बन गरिएको छ ।
विशेष गरेर मसालमा चलेको वैचारिक सघर्षमा महामन्त्री मोहन बिक्रमले आफ्नो विचारको समर्थन नगर्ने नेता कार्यकर्ताहरुलाई कारवाही अभियान चलाउदै आएका छन । त्यहिब्कारवाऐ अभियानको पछिल्लो कडिको रुपमा यो एक्सनलाई लिन सकिन्छ ।
उक्त कारवाहिमा परेका एक जना कमरेडसङ्ग हामिले सम्पर्क गर्दा उनले भने ‘यो मोहन बिक्रमको दक्षिणपन्थी ससोधनवादका विरुद्ध सघर्षा गर्दा हामी माथी वर्षाइएको डण्डा हो, यसको सामना गरेर हामी अगाडि बढ्छौ ।’ उनले थपे, मसालले दक्षिणपन्थी वाटो रोजे पछि हामी टुलुटुलु हेरेर बस्ने कुरा भएन, क्रान्तिकारी राजतिनिक लाइनको लागि सघर्ष चलाउनु बाहेक हाम्रो विकल्प छैन। ‘ हामिले उनलाई पार्टी फुटबारे सोध्दा उनले भने, ‘ अहिले पार्टी फुटाउनको लागि होइन, मसालको गौरवशाली इतोहासलाई बचाउदै भविष्यको क्रान्तिकारी आन्दोलनलाई सहि ढङ्गले अगाडि बढाउन यो सघर्ष भएको हो, पार्टी फुट्दैन ।’
हाक साप्ताहिकका प्रधान सम्पादक गोविन्द वहादुर थापालाई सार्वजनिक वक्तव्य जारी गरेर अनिश्चितकालीन निस्काशन गरेको मसालले भने अहिले यति ठूलो सङ्ख्यामा नेताहरुलाई निश्काशन गर्दा सार्वजनिक वक्तव्य भने जारी गरेको छैन ।










