नाराले मात्र देश विकास हुँदैन काम गर्नुपर्छः सांसद सापकोटा

बागलुङ, ३ कार्तिक । 
गण्डकी प्रदेशका सांसद इन्द्रलाल सापकोटाले नाराले मात्र देशको विकास नहुने बताउँदै त्यसको लागि काम गर्नुपर्ने बताउनुभएको छ ।
बागलुङ नगरपालिका वडा नम्बर ४ ओडारचौरको संयुक्त चार युवा क्लबले आईतबारदेखि संचालन गरेको दशैं तिहार मेलाको उद्घाटन गर्दै सांसद सापकोटाले प्रधानमन्त्री केपि शर्मा ओलीले सुखी नेपाली समृद्ध नेपालको नारा अगाडी सारेर देश विकासको लागि आग्रह गरेपनि सोहि अनुरुप काम नभएको बताउनुभयो । उहाँले प्रधानमन्त्रीको नारा अनुसारको कामको लागि सवैले आ–आफ्नो ठाउँबाट सहयोग गर्नुपर्ने बताउनुभयो । शर्माले देशको विकासको लागि पहिलो आफ्नो घरको कामबाट अगाडी बढ्नुपर्ने बताउँदै अन्य ठाउँमा देखेको खेलकुद मैदानले केहि नहुने भएकाले आफ्नो ठाउँमा आफै खेलकुद मैदान बनाउनुपर्ने बताउनुभयो ।
सांसद सापकोटाले बानपा–४ का युवाहरुले आफ्नो ठाउँमै खेलमैदान निर्माणको लागि अभियान संचालन गर्दा आफुलाई समेत उक्त ठाउँमा राम्रो मैदान नबन्नेमा शंका उत्पन्न भएपनि अहिले राम्रो मैदान बन्दा खुसी लागेको बताउनुभयो ।


उहाँले आफुले मैदान तयार हुुन्छ भनेर सोस्न नसोचेको ठाउँमा युुवाहरुको सक्रियतामा मैदान तयार भएपछि अव यसरी नै देश विकासमा युुवाहरुलाई एकिकृत गर्न सकेमा देश विकास हुुन कसैले रोक्न नसक्ने जानकारी दिनुुभएको हो ।
कुुनै समय पानीको खोलाको रुपमा रहेको ठाउँमा बागलुुङबाट वैदेशिक रोजगारीको शिलशिलामा रहेका नेपालीहरु, बागलुुङ नगरपालिका र स्थानियहरुको सक्रियतामा फुुटवल मैदान तयार भएको क्लवका अध्यक्ष अविशेक कटुुवाल क्षेत्रीले जानकारी दिनुुभयो ।
बानपा ४ ओडारचौर बहुुउद्धेश्यीय खेलकुुद मैदान तयार गर्न बागलुु«ङ नगरपालिकाबाट १३ लाख, वैदेशिक रोजगारी तथा अध्ययनको शिलशिलमा विदेशमा रहेका नेपालीबाट १४ लाख ३४ हजार १ सय ५८ र स्थानिय वासीको १५ लाख जनश्रमदानबाट खेलमैदान तयार भएको निर्माण समितिका अध्यक्ष भरत शर्माले बताउनुुभयो ।
कार्यक्रममा बागलुुङका प्रमुुख जिल्ला अधिकारी लुुकबहादुुर क्षेत्री, उद्योग वाणिज्य संघ बागलुुङका अध्यक्ष युुवराज राजभण्डारी, ओडारचौर बहुुउद्धेश्यीय खेलकुुद मैदान निर्माण समितिका अध्यक्ष भरत शर्मा, वैदेशिक रोजगार सहयोग संकलन समितिका संयोजक सुुनिल केसी, स्वामी ऋषि प्रपन्नचार्य लगायतले बोल्नुुभएको थियो ।
क्लबका अध्यक्ष अविशेक कटुवाल क्षेत्रीको अध्यक्षतामा सम्पन्न भएको उद्घाटन समारोहको स्वागत सहसचिव रोशन कुँवर र संचालन सचिव आशिष शर्माको संचालनमा सम्पन्न भएको थियो ।
क्लवले आयोजना गरेको दशै तिहार मेलाको अवसरमा खुुल्ला सेवेन ए साइड फुुटवल प्रतियोगिता, घैटोफोर र स्लो बाइक रेस प्रतियोगिता आयोजना गरेको छ । सेवेन ए साइड फुटबल प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले २५ हजार ५ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here