बागलुङ, १ कार्तिक
बागलुङ नगरपालिका–३ बोक्से गहिरोमा यात्रुबहाक बस दुर्घटना हुँदा १४ जना र्घाइते भएका छन् ।
बूर्तिवाङ्गमा क्रिश्चियन धर्म सम्वन्धी कार्यक्रममा सहभागी भएर बागलुङ बजार फर्कन विद्यार्थीहरु चढेको ग १ ख ५७०४ नं का बस दुर्घटना भएको हो ।
घाईते मध्ये गम्भिर दुई जनालाई फिस्टेल अस्पताल पोखरा पठाईएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकृत झविन्द्र प्रसाद भटराईले जानकारी दिनुभयो ।
दुर्घटनामा गम्भिर घाईते भएका बानपा ३ बस्ने वर्ष २० को सन्जय बोहरा र बानपा २ बस्ने बर्ष ३६ की सुनिता बस्याललाई थप उपचारको लागि पोखरा पाठाईएको छ, भटराईले भन्नुभयो अन्य घाईतेहरु धौलागिरी अञ्चल अस्पतालमा समान्य उपचारपछि घर फर्किनुभएको छ । दुर्घटना पछि सवारी चालक विकास विक फरार रहेको र खोजिकार्य भइरहेको उहाँले बताउँनुभयो ।
दुर्घटनामा बानपा ३ का वर्ष १८ का ईश्वर बिक, बानपा ४ बस्ने वर्ष २० की मनिषा विक, ऐ बस्ने वर्ष १९ की सिर्जना बिक, २१ की रेणुका लिम्बु, बडीगाड गाउपालिका ९ की वर्ष १६ की सोनिया मगरर्, १७ की विनिता थापा, बानपा १४ का वर्ष २३ का चन्द्रबहादुर परियार, बानपा ३ बस्ने वर्ष १५ की सुष्मिता किसान, १७ की सरस्वती किसान घाईते हुनुभएको थियो ।
बानपा ४ बस्ने वर्ष २४ का भविन्द्र बिक, बापना ७ बस्ने वर्ष १५की रचना बिक, बेनी नगरपालिका १३ बस्ने वर्ष २१की लक्ष्मी बिक, बानपा ३ बस्ने वर्ष २० को सन्जय बिक र बानपा २ बस्ने बर्ष ३६ की सुनिता बस्याल उपचार पछि घर फर्केका छन् ।










