बागलुङ, ३० असोज ।
बागलुङका पत्रकार लोकेन्द्र सुनारलाई समाचार लेखेको विषयमा भएको अभद्र व्यवहार र धम्की दिनेलाई कारवाहीको माग गर्दै नेपाल पत्रकार महासंघ बागलुङ शाखाले विज्ञप्ती जारी गरेको छ ।
पत्रकार महासंघ बागलुङ शाखाका सदस्य समेत रहेका सुनारले बागलुङ जिल्लाको बुक्तिबाङमा जारी प्रथम मेयर गोल्ड कप तथा कोजाग्रत पूर्णिमा मेलामा ‘खेलको नाममा पैसा लुट्नेको विगगिवग’ भन्ने ईबागलुङ डटकममा समाचार लेखेको भन्दै आयोजकका केहि व्यक्तिहरुले असोज ३० गते विहान उनको घरमै गएर अभद्र व्यवहार तथा धम्की दिइएको महासंघका सचिव राम थापा ‘अविरल’ले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा समाचार लेखेको विषयमा मेला आयोजक संस्था बुर्तिबाङ राइजिङ युवा क्लबका उपाध्यक्ष सुरज विक, मोतिलाल विक ‘मिथुन’, समशेर विक, भरत विक र उमेश विकले पत्रकार सुनारलाई अभद्र व्यवहारसहित धम्की दिएको बताइएको छ ।
प्रेस विज्ञप्ती











