
बागलुङ, २७ असोज ।
आगामी मसिंर १४ गते प्रतिनिधि सभा, प्रदेश सभा र स्थानिय तहहरुमा रिक्त रहेको पदको उप निर्वाचन हुँदैछ ।
बागलुङ क्षेत्र नं. २ ‘ख’ मा प्रदेश सभा सदस्य र बडिगाड गाउँपालिका वडा नं. २ मा वडा अध्यक्ष पदका लागि उपनिर्वाचन हुँदै छ । प्रदेश सभा सदस्यम निर्वाचित टेकबहादुर घर्तिको निधन र बडिगाड गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष विष्णु भुषाल जिल्ला समन्वय समितिको उपप्रमुखमा निर्वाचित भए सँगै यि दुवै स्थान रिक्त रहेका थिए ।
निर्वाचन आयोजकले रिक्त रहेका स्थानमा उपनिर्वाचन गर्न मिति घोषणा गरेसँगै अहिले बागलुङको पश्चिम भेगमा चुनावी माहोलले गरमराएको छ ।
यतिबेला जिल्लाको पश्चिम क्षेत्रमा चुनावी माहोल छाई सकेको छ । विभिन्न राजनितीक दलहरु आफ्नो पाटी भित्र उम्मेदवार छनौट प्रक्रिया थालेका छन । विशेष त काँग्रेस, जनमोर्चा र नेकपाको बचश्व रहेको यस क्षेत्रका लागि नेपाली काँग्रेस बागलुङले आफ्नो पार्टीबाट चार जनाको नाम सिफारिस गरेको छ ।
काँग्रेसको प्रदेश क्षेत्रीय समितिले पार्टी भित्रका सम्भावित उम्मेदवारहरुको नाम केन्द्रमा पठाएको क्षेत्रीय सभापति नरजंग घर्तिले जानकारी दिए । उम्मेवारका लागि अघिल्लो निर्वाचनमा पनि उम्मेदवार भएका काँग्रेसका महाधिवेशन प्रतिनिधि जित बहादुर शेरचन, क्षेत्र नं. २ का क्षेत्रीय सभापति द्रोण कुँवर, महाधिवेशन प्रतिनिधि टेकराज पौडेल र तुलासिंह घर्तिको नाम केन्द्रमा पठाएको छ ।
जिल्लामा नै उम्मेदवारको टुंगो लगाउन खोजिएपनि सहमति नजुटेपछि उम्मेदवारको टुंगो लगाउन केन्द्रिय समितिलाई जिम्मा लगाइएको छ । उम्मेदवारको नाम सिफारिस गरिसकेको र अव उम्मेदवारको टुंगो केन्द्रिय समितिले लगाउने नेपाली काँग्रेस बागलुङका सचिव नवराज पौडेलले जानकारी दिए ।

सिफारिस उम्मेदवार मध्ये जित शेरचन यस अघिको निर्वाचनमा पनि उम्मेदवार हुन । शेरचन यस अघिको निर्वाचनमा राष्ट्रिय जनमोर्चा र नेकपाका संयुक्त उम्मेदवार स्व. टेकबहादुर घर्ति सँग पराजित भएका थिए । घर्तिले ११ हजार ८ सय ८४ मत ल्याएका थिए भने शेरचनले ८ हजार ६ सय २४ मत ल्याएका थिए ।
विद्यार्थीकाल देखीनै आफ्नो राजनिति यात्रा शुरु गरेका शेरचन नेविसंघ बागलुङको विभिन्न पदमा रही काम गरेका थिए । उनी २०६२ सालमा नेविसंघबाट ताजहल क्याम्पस काठमाण्डौंको स्ववियु सभापतिमा निर्वाचित भएका थिए । २०६७ मा नेविसंघको केन्द्रिय सदस्य भएका शेरचन हाल काँग्रेसको महाधिवेशन प्रतिनिधि छन । शेरचन पश्चिम क्षेत्रका लोकप्रिय नेताको रुपमा र युवाहरुको रोजाईको नेताको रुपमा पनि परिचित रहेको कार्यकताले बताउँछन । उनी काँग्रेस भित्रका प्रखर बक्ताका रुपमा पनि परिचित रहेका छन ।

त्यसैगरी सिफारिस भएका अर्को उम्मेदवार युवा नेता द्रोण कुँवर काँग्रेस बागलुङ क्षेत्र नं. २ को क्षेत्रीय सभापति हुन । पार्टी भित्र पनि शक्तिशाली नेताको रुपमा चिनिने कुँवर काँग्रेसको तल्लो तहबाट नै राजनिति गर्दै आएका छन ।

अर्को उम्मेदवारको रुपमा सिफारिस भएका टेकराज पौडेल पनि विद्यार्थी राजनितिबाट नै आएका हुन । उनी नेविसंघको सहमहामन्त्री तरुणदलको केन्द्रिय सदस्य हुँदै काँग्रेसको महाधिवेशन प्रतिनिधिको रुपमा रहेका छन पौडेल पनि कार्यकर्ता माझ प्रखर र स्पष्ट बक्ताको रुपमा चिनिन्छन ।

त्यसैगरी तुलासिंह घर्ति पाका र पुरना नेता पनि हुन । उनी तत्कालिन निसी गाविसको अध्यक्षमा निर्वाचित भएका थिए भने पार्टी भित्र जिल्ला सदस्य हुँदै महाधिशेन प्रतिनिधिको रुपमा रहेका छन् ।










