बागलुङको अमलाचौरमा जनतासँग जनप्रतिनिधि

बागलुङ, २५ असोज ।
नेपाल कम्युनिष्ट पार्टी नेकपा बागलुङ नगर कमिटीले शनिबार बानपा–१२ अमलाचौरमा जनतासँग जनप्रतिनिधि तथा शुभकामना आदन प्रदान कार्यक्रम संचालन गरेको छ ।


कार्यक्रममा बोल्दै नेकपाका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य दिननाथ शर्माले सरकार विकास निर्माण र सुशासन कायम गर्न तल्लीन रहेकोले वर्तमान सरकारले नै समृद्धीको मार्ग कोर्ने दावी गर्नुभयो ।
सरकारलाई लागी गरेर मात्रा समृद्धी आउँदैन’ उहाँले भन्नुभयो–विकास निर्माणको काम सरकारलाई छोड्नुहोस, आफ्नो खेतबारी हराबरा बनाउनु तर्फ केन्द्रीत हुनु उपयुक्त हुन्छ ।’


स्थानीय सरकार र जनताबीचको सम्बन्धलाइ मजबुद बनाउन सके मात्रा चाहे अनुरुपका विकास गतिविधि र सेवा प्रवाह गर्न सकिने उहाँको भनाई थियो ।
कार्यक्रममा नेकपा कम्युनिष्ट पार्टी जिल्ला कमिटीका अध्यक्ष तथा गण्डकी पदेश सदस्य इन्द्रलाल सापकोटा, बागलुङ नगर प्रमुख जनकराज पौडेल, पार्टी जिल्ला कार्यालय सदस्य कृष्ण पाठक, वडाध्यक्ष गुरुदक्त पाठक लगायतले बोल्नुभएको थियो ।


कार्यक्रमको उद्देश्य र अभियानको बारेमा जानकारी दिँदै नेकपा नगर कमिटीका अध्यक्ष धनबहादुर परियारले जनता, पार्टी र स्थानीय सरकारबीचको सम्बन्धलाई मजबुद बनाउन अभियान संचालन गरेको बताउनुभयो । कार्यक्रम नेकपा वडा कमिटी अध्यक्ष ज्ञानेन्द्र ढकालको अध्यक्षता र नेकपा नगर कमिटी सचिव इन्द्र केसीको संचालनमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here