दशैंको अघिल्लो दिन बागलुङ बजार सुनसान

खिम बहादुर कार्की
बागलुङ, २० असोज ।
दशैं मनाउन मानिसहरु गाउँ फर्किएपछि आज महानवमी (दशैंको अघिल्लो दिन) बागलुङ बजार सुनसान बनेको छ ।
दशैं सुरुवात भएपछि सप्तमी र अष्टमीका दिन बागलुङ बजारमा मानिसको चहलपहल न्युन हुँदै गएकोमा आज भने बजारका अधिकांश पसल बन्द छन्भने सडक र चोकहरु सुनसान छन् ।
बजारमा व्यवसाय गरी बसिरहेका व्यवसायीहरु पनि दशैं मनाउनको लागि गाउँ तिर लागेपछि पसलहरु बन्द भएका हुन ।
गाउँका सुनसान बस्तीहरु भने अहिले चहलपहल भएका छन् । दशैं मनाउनको लागि विदेशमा रहेका र शहरमा व्यवसाय गरि बस्ने तथा पढ्ने विद्यार्थीहरु गाउँ गएकाले चहलपहल भएका हुन ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here