
भरत प्रसाद सापकोटा
बागलुङ, २० असोज ।
विहुँकोट खेलकुद तथा समाज विकास केन्द्रले आयोजना गरेको नौमती पन्चेबाजा प्रतियोगिताको उपाधि काठेखोला गाउँपालिका वडा नम्बर १ धिमीको धिमी पञ्चेबाजा समुहले जितेको छ । आईतबार विजयादशमीको अवसर पारेर आयोजना गरिएको पन्चेबाजा प्रतियोगिताको विजेता हुँदै धिमीले खसी जितेको हो ।
विजयादशमीको अवसर पारेर केन्द्रले आईतबार आयोजना गरेको प्रतियोगितामा सत्यावती पन्चेबाजा समुह काठेखोला–५ राहाले द्धितिय र विहुँकोट पन्चेबाजा समुह काठेखोला–५ तृतीय भएका हुन् । द्धितिय सत्यवतीले नगद ६ हजार र तृतीय विहुँकोटले ४ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको अवसरमा बोल्दै नेपाल कोशिकी कराँतेका प्रमुख संरक्षक डण्डपानी कंडेले लोपन्मुख अवस्थामा रहेको नौमती बाजा संरक्षणको लागि यस्ता प्रतियोगिताले सहयोग पु¥याउने बताउनुभयो ।
उहाँले नेपालको मौलिक संस्कृतिहरु र सभ्यताहरु ओझेलमा परेको बताउँदै संस्कतिको संरक्षण गर्नुपर्ने दायित्व सवैको रहेको बताउनुभयो ।
कार्यक्रममा पुर्वसासंद गोबिन्दप्रसाद कंडेल, काठेखोला–५ का वडाअध्यक्ष शिवप्रसाद कंडेल, गाउंकार्यपालिका सदस्य टिका संगम वि.क. लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम अध्यक्ष कृष्ण प्रसाद कंडेलको अध्यक्षता, प्रतियोगिता संयोजक हरि सापकोटाको स्वागत र सचिव सन्तोष पुनले संचालनमा सम्पन्न भएको थियो ।










