
असोज १९ बागलुुङ
पर्वत जिल्लाको जलजला गाउँपालिका वडा नम्बर ६ भोटेडाँडामुनि आईतबार जिप दुर्घटना हुँदा २ जना घाईते भएका छन् ।
पर्वतको मिलन चोकदेखि ओखरेमी जाँदै गरेको ध १ ज ८५१ नम्बरको पिकअप जिप दुर्घटना हुँदा ओखरेमीकी १४ बर्षिय सुष्मा पुनर र एक जना सामान्य घाईते भएका छन् । दशैंको बेला भएकाले गाडीमा १५, १६ जना सवार रहेका थिए । गाडीमा सवार अन्य यात्रुहरु भने सकुशल रहेका छन् ।
गाडीमा क्षमता भन्दा बढी यात्रु रहेको र ब्रेक फेल हुँदा दुर्घटना भएको सवार यात्रुहरुले जानकारी दिएका छन् ।










