
बागलुङ, १९ असोज ।
काठेखोला गाउँपालिका वडा नम्बर २ भीमापोखराको वडा कार्यालयले २० जना गरिव, विपन्न जेहन्दार विद्यार्थीहरुलाई खाद्यन्न र स्टेशनरी वितरण गरेको छ ।
वडा कार्यालयले बडा दशैं २०७६ को अवसर पारेर शनिबार वडा भित्र अध्ययनरत २० जना गरिव, विपन्न जेहन्दार विद्यार्थीहरुलाई प्रति व्यक्ति १ बोरा चाम, ५ केजी दाल, ५ केजी चिनी १ दर्जन कापि र १ दर्जन कलम हस्तान्तरण गरेको हो ।
कार्यक्रममा समाजसेवी तथा शिक्षाविद् टिकाराम सापकोटाले दशैंको बेलामा गरिव तथा विपन्न विद्यार्थीहरुलाई सहयोग गरेर विद्यार्थीको पढाईमा हौसला प्रदान गरेको बताउनुभयो । उहाँले नेपालीहरुको महानचाडलाई हुने खानेहरुको मात्र नभई हुँदा खानेहरुको पनि भएकाले यस्तो सहयोगले सवैलाई गाउँ–गाउँमा सिंहदरवारको अनुभुति हुने बताउनुभयो ।
छात्रवृत्ति बुझेपछि जेहेन्दार विद्यार्थी आशिष वि.क.ले वडा कार्यालयले दशैं मनाउनको लागि खाद्यन्न र पढ्नको लागि स्टेशनरी प्रदान गरेकाले अझै ध्यान दिएर पढाईमा लाग्न हौसला मिलेको बताएका थिए ।
काठेखोला गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष विद्यापति शर्माको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत अधिकृत काशीराम शर्मा र संचालन कार्यालय सहयोगी सुर्य बहादुर थापाले गर्नुभएको थियो ।










