बागलुङका माझीले किन राखेनन् यस वर्ष पनि दशैंलाई जमरा

बागलुङ नगरपालिका वडा नम्बर १ को माझि बस्ती

बागलुङ, १५ असोज ।
घट्स्थापना दिवस अर्थात बडादशैंको पहिलो दिन र जमरा राख्ने दिन । नेपालभरका हिन्दु धर्मावलम्बीहरुले दशैंको लागि घर, घरमा जमरा राखेपनि बागलुङका माझीहरुले भने यस वर्षपनि जमरा राखेनन् ।
बागलुङ नगरपालिका वडा नम्बर १ को मालढुंगामा रहेका माझिहरुले दशैंको लागि यस बर्षपनि आफ्नै घरमा जमरा राखेका छैनन् । स्थानिय सोमबहादुर माझीले आफुहरुले दशैं मनाउने भएपनि यस वर्षपनि घरमा जमरा नराखेको बताए ।
६६ बर्षिय सोमबहादुर माझीले आफ्ना हजुरबाको पालाबाटै दशैंमा जमरा राख्न छोडिएको जानकारी दिए । उनले धेरै पटक दशैंमा जसको घरमा जमरा राख्यो त्यो घरको छोरीको मृत्यु हुने गरेपछि सबैले सल्लाह गरेरै जमरा राख्न बन्द गरिएको बताए ।
उनले जातका छिमेकीहरुलाई आफुहरुको लागि पनि जमरा राखिदिन भनेको बताए । माझीले दशैंमा टिकाको लागि जमराको आवश्यकता पर्ने भएकाले सधैं छिमेकीहरुलाई अनुरोध गर्ने गरेको बताए । स्थानिय उमा माझीका अनुसार बागलुङका अन्य स्थानका माझीहरुले दशैंमा आफ्नै घरमा जमरा राख्ने गरेपनि मालढुंगाका माझीहरुले भने नराख्ने गरेको बताइन । उनले बागलुङको बलेवा, पर्वतको फलेवास तिरका माझीहरुले आफ्नै घरमा जमरा राख्ने गरेको तर मालढुंगामा भने पहिले घटना घटेपछि राख्न बन्द गरिएको बताइन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here