पौष ११ देखि २० गतेसम्म बागलुङ महोत्सव हुने, महोत्सवको लागि उपसमिति गठन

बागलुङ महोत्सवको फाइल फोटो

बागलुङ, १५ असोज
गण्डकी प्रदेश स्तरीय पर्यटक, कृषि वन तथा औधौगिक व्यापार मेला भन्ने मुल नाराका आगामी षौषमा बागलुङ महोत्वस २०७६ हुने भएको छ ।
उद्योग बाणिज्य संघ बागलुङले पौष ११ देखि २० गतेसम्म छैठौ बागलुङ महोत्सव गर्ने निर्णय गरेको अध्यक्ष युवराज राजभण्डारीले जानकारी दिनुभयो ।
नेपाल सरकारले मनाउन लागेको आगामी पर्यटन बर्ष सन् २०२० लाई सफल बनाउने र बागलुङमा आन्तरिक एवं बाह्रय पर्यटन भित्राउन सहयोग पुग्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको अध्यक्ष राजभण्डारीले बताउनुभयो ।
महोत्वसलाई भव्य र सभ्य रुपमा सफल पार्न उद्योग बाणिज्य सघंका अध्यक्ष युवराज राजभण्डारीको अध्यक्षतामा बिभिन्न ३५ सदस्य उपसमिति गठन गरि जिम्मेवारी प्रदान गरिएको छ । महोत्सको सदस्य सचिवमा नरेश कंडेल, अतिथि सत्कारमा जयराम भारी, मञ्च तथा साउण्ड व्यवस्थापन उपसमितिमा बसन्त कुमार श्रेष्ठ, प्रचार प्रसार व्यवस्थापन उपसमितिमा राजेशचन्द्र राजभण्डारी, राष्ट्रिय कलाकार व्यवस्थापन उपसमितिमा उमाकान्त शर्मा, भलिवल प्रतियोगिता व्यवस्थापन उपसमितिमा राजनकुमार शाक्य, टिकट व्यवस्थापन उपसमितिमा दिपक हमाल रहनुभएको छ ।
त्यसैगरि आर्थिक उपसमितिमा श्रीजय श्रेष्ठ, बिद्युत्तमा थानेश्वर सुवेदी, दोहोरि गित प्रतियोगितामा सितादेवी सापकोटा कंडेल, यातायातमा शशीकपुर श्रेष्ठ, प्रायोजक एवं आर्थिक सहयोगिहरुमा विदेशकुमार श्रेष्ठ, फोटो प्रर्दशनी एवं पर्यटन प्रर्वद्धनमा अर्जुन चोखाल, ऊँट वा अन्य आर्कषण स्टल हेमबहादुर खत्री, व्यानर सहयोगी उपसमितिमा निलेश राजभण्डारी, पार्किक उपसमितिमा राजु खडका रहनुभएको छ ।
खानेपानी तथा सरसफाई व्यवस्थापन उपसमितिमा नविन कुमार श्रेष्ठ, सुरक्षा तथा सिसीटिभी उपसमितिमा रामराज गुरुङ, खाजा उपसिमिति इन्द्रमणि पौडेल, अटो स्टल तथा रेष्टुरेन्ट उपसमितिमा करिमदिन मिया, झाकी तथा ¥याली उपसमितिमा राजेश भारी, भजन गित प्रतियोगिता टेकबहादुर क्षेत्री, खुल्ला लोकगित प्रतियोगितामा भगवती केसी, स्वास्थ्य व्यवस्थापन उपसमितिमा बाबुराम केसी, हेलिकप्टर व्यवस्थापन उपसमितिमा बाबुकाजी केसी, कृषि स्टल प्रर्दशनीमा गंगा थापा, आइटि स्टल उपसमितिमा खगेश्व पौडेल, डिलर व्यवसायी समन्य उपसमितिमा सिद्धार्थ मिलन श्रेष्ठ, न्यु एयर इभ टिकट व्यवस्थापन उपसमितिमा मधुसुधन राजभण्डारी, व्याराग्लाडिङ व्यवस्थापन उपसमितिमा सुन्दर श्रेष्ठ, स्थानीय उत्पादन, हस्तकला प्रर्दशनी व्यवस्थापन उपसमितिमा महिला उद्यम विकास समिति र लठो तान्ने प्रतियोगिता (महिला) व्यवस्थापन उपसमितिमा महिला उद्यम विकास समिति रहेको छ ।
महोत्सवको उद्घाटनको लागि राष्ट्रपति विद्यादेवी भण्डारीलाई आमन्त्रण गर्ने निर्णय गरिएको बागलुङ उद्योग बाणिज्य सघंका प्रेस सल्लाकार राजेशचन्द्र राजभण्डारीले जानकारी दिनुभयो । महोत्सव धौलागिरी बहुमुखि क्याम्पसको प्राङगडमा हुने जनाइएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here