
बागलुङ, १२ असोज ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान नेपाल जिल्ला कार्यसमिति बागलुङले गण्डकी प्रदेशको प्रथम अधिवेशनमा तत्कालिन धौलागिरी अञ्चलबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाईसम्मान गरेको छ ।
प्रतिष्ठानले बिजयादशमी एवम शुभदिपावली २०७६ को अबसरमा शुभकामना आदानप्रदान तथा अधिबेशनमा निर्बाचित पदाधिकारी तथा सदस्यहरुलाई आईतबार सम्मान गरेको हो ।

कार्यक्रममा गण्डकी प्रदेशको प्रथम अधिबेशनबाट नव निर्बाचित बरिष्ठ उपाध्यक्ष पुर्ण परियारले सम्मानले दोहोरी गितको क्षेत्रलाई थप उचाईमा पु¥याउन र सिङ्गो धौलागिरी अञ्चल सहित गण्डकी प्रदेशको लागि आफूलाई निरन्तर लाग्न हौसला प्रदान गरेको बताउनुभयो ।
कार्यक्रममा प्रतिष्ठान बागलुङका कानुनी सल्लाहकार अधिबक्ता राम शर्मा, उद्योग बाणिज्य संघ बागलुङका महासचिव नरेश कंडेल, प्रतिष्ठान बागलुङका सल्लाहकार तथा भगवती गुठी ब्यबस्थापन समितिका अध्यक्ष राजु खड्का, सल्लाहकार तथा प्रतिष्ठानका आजिवन सदस्य लक्ष्मण श्री, बागलुङ समाज जापानका महासचिव कृष्ण सुवेदी लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो ।

प्रतिष्ठान बागलुङका अध्यक्ष गणेश पौडेलको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत प्रथम उपाध्यक्ष सरस्वती खड्का परियार र संचालन सचिव शिव शर्माले गर्नुभएको थियो ।










