
राजेशचन्द्र राजभण्डारी
बागलुङ, १२ असोज ।
दीगो विकास र लक्ष्य प्राप्तिका लागि सहकारी भन्ने नारासहित स्थापना भएको शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आठौ साधारणसभा बागलुङ सदरमुकाममा सम्पन्नभयो ।
साधारणसभामा संघीय सांसद डाक्टर सुर्य पाठकले सहकारी लाई ब्यबसायीक बनाउन सकेको खण्डमा मात्र यसले शेयर सदस्यको आर्थिक प्रगति हुने धारणा राखेका थिए ।सहकारी देशको अर्थतन्त्रको महत्त्वपूर्ण तेस्रो खम्बा भएको हुँदा सरकारले यसलाई अझै ब्यबस्थित गर्दै लगेको पाठकले बताए । सहकारीले ब्यबसायीक रूपमा आम्दानी हुने प्रेस संचालन गरेर राम्रो कामको थालनी गरेको पाठकले बताए ।
२०६८ सालमा सहकारी ऐन २०४८ अनुसार जिल्लामा रहेका शिक्षकहरूको हकहितको लागि स्थापना गरिएको सहकारीको शेरपूजी ४८ लाख ६६ हजार ५०० रहेकोमा श्रावण महिनापछि ३४ लाख ७० हजार थप भएको सचिव होमनाथ गौतमले जानकारी दिए ।
कार्यक्रममा राष्ट्रिय सहकारी बैंकका संचालक रामबहादुर जिसी जिल्ला सहकारी संघका अध्यक्ष दीपक गौतम एकीकृत शिक्षक संगठनका सल्लाहकार शान्त मणि ढकाल नेपाल राष्ट्रिय शिक्षक संगठन गण्डकी प्रदेशका महिला उपाध्यक्ष गंगा शर्मा नेपाल राष्ट्रिय शिक्षक संगठन नगर कमिटीका सदस्य थानेद्र गौतम लगायतका बक्ताहरूले सहकारी लाई समृद्धि तर्फ जोड्न सकेमा राम्रो हुने अहिले जिल्लामा छरिएर रहेका सबै खालका शिक्षकलाई सहकारीले एकीकृत गरेको धारणा राखेका थिए । कार्यक्रममा कोषाध्यक्ष बालकृष्ण सापकोटाले आर्थिक प्रतिवेदन लेखा समितिका संयोजक हरिराम अधिकारीले आर्थिक बर्ष २०७५/२०७६ को लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
जिल्लामा रहेका सहकारीले मात्रै बचत तथा ऋणको मात्रै काम कारोवार गर्दै आइरहेको समयमा शिक्षक हित सहकारीले ब्यबसायीक रूपमा अफसेट प्रेस संचालन गरि रोजगारी समेत प्रदान गरेको छ ।
सहकारी शिक्षक सेवा आयोगबाट लिएको परिक्षामा माध्यमिक तहमा सफलता हासिल गरेका शेयर सदस्य शिक्षकहरूलार्इ सम्मान गरिएको थियो ।
साधारणसभाको अध्यक्षता शिक्षक हित सहकारी संस्थाका अध्यक्ष दिनेश अधिकारी स्वागत मन्तब्य सहकारीका उपाध्यक्ष महेन्द्र बहादुर कार्की संचालन सचिव होमनाथ गौतमले गरेका थिए ।








