बागलुङका युवाले फहराए युरोपको अग्लो हिमालमा राष्ट्रिय झण्डा

बागलुङ, १२ असोज ।
बागलुङका एक युवाले युरोपको ठूलो र अग्लो माउन्ट एलब्रोस हिमालको दोस्रो पटक सफल आरोहण गरेका छन् ।
ताराखोला गाउँपालिका वडा नम्बर ३ हिल घर भई हाल भारतीय आर्मिमा कार्यरत तेजेन्द्र खत्री क्षेत्री (सागर)ले रसियाको सिमानामा रहेको ५ हजार ६ य ४२ मिटर अग्लो माउन्ट एलब्रोस हिमालको दोस्रो पटक सन् २०१९ अगष्ट १५ गते सफल आरोहण गर्दै नेपालको राष्ट्रिय झण्डा फहराउनुभएको हो । केसीले सन् २०१८ अगष्ट ११ गते पहिलो पटक हिमालको सफल आरोहण गर्नुभएको थियो ।
भारतीय सेनाको गोरखा ३/३ जिआरमा रहेका केसीले यस अगाडी पनि जम्मुकाश्मीरको साना हिमालहरु आरोहण गरिसकेको बताउनुभयो ।
म्याराथुन धावक केसी भारतीय सेनाबाट उत्कृष्ट भएपछि रसियामा खेल खेल्नको लागि गएको बताउनुभयो । उहाँले हरेक वर्ष भारतीय सेनाबाट रसियाको बोडरमा उत्कृष्ट आर्मीहरुलाई पठाउने गरेको बताउँदै त्यसमा २ वर्षसम्म उत्कृष्ट हुँदै जाने अवसर प्राप्त गरेको पछिल्लो पटक हिमालको सफल आरोहण गरेपछि नेपालको राष्ट्रिय झण्डा फहराएको बताउनुभयो ।
केसीले पहिलो पटक हिमाल आरोहण गर्दा हिमालमा झण्डा फहराउँने बारेमा केहि जानकार नभएपनि त्यस क्रममा चिन लगायतका देशका आर्मीहरुले आफ्नो देशको राष्ट्रिय झण्डा फहराएपछि आफुलाई पनि आफ्नो देशको राष्ट्रिय झण्डा फहराउँन मन भएकोले दोस्रो पटक आरोहण गर्दा फहराएको बताउनुभयो । केसीले भारतबाट २० दिनको यात्रा गर्दा हिमालको बेसक्याम्पबाट ५ घण्टा ३ मिनेटमा हिमालको आरोहण गरेको बताउनुभयो ।
८ वर्षदेखि भारतीय आर्मिको जागिरे जीवन विताइरहेका केसीले नेपाली मातृ भावनाले ओतप्रोतका कारण नेपालीको सानको लागि आफुले झोलामा नेपालको झण्डा लगि युरोपको अग्लो शिखरमा नेपालको झण्डा फहराएका हुन ।
नेपालको सर्वच्च शिखर सगरमाथा आरोहण गर्ने सपना बोकेका केसीले भारतीय आर्मिबाट आफुलाई सहयोग मिलेको बताउनुभयो ।
उहाँले एक दिन विश्वकै अग्लो सगरमाथा आरोहण गर्ने सपना रहेको बताउँदै त्यसको लागि अहिले साना हिमालहरु चढेर तयारी गरिरहेको बताउनुभयो । केसीका बुवा समेत भारतीय आर्मिको नायव सुवेदारबाट रिटायर्ड भएका हुन् ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here