युवाले गरे कालिका मन्दिर परिसरमा सरसफाई

बागलुङ, १० असोज ।
विश्व पर्यटन दिवस २०७६ को अवसरमा बागलुङका क्रियाशिल युवाहरुले शुक्रबार बागलुङ कालिका भगवती मन्दिर परिसरमा सरसफाई गरेका छन् ।
नेपाल युवा परिषदको आयोजना, संयुक्त चार युवा क्लवको सहआयोजना र बन तथा बातावरण मन्त्रालय वातावरण विभाग, बागलुङ नगरपालिका र डिभिजन बन कार्यालयको संयोजना १ सय भन्दा बढी युवाहरुको उपस्थितीमा शुक्रबार कालिका मन्दिरमा सरसफाई गरिएको हो ।


युवाहरुले आयोजना गरेको सरसफाई कार्यक्रममा जर्मनबाट बागलुङ घुम्न आएका पर्यटकहरुले समेत सहभागिता जनाएका थिए । पछिल्लो समय युवाहरु लागु औषध दुव्र्यशन, अपराधिक गतिविधीमा मात्र संलग्न छन् भन्ने भ्रमलाई चिर्दै विश्व पर्यटन दिवसालाई सफल पार्नको लागि सरसफाई कार्यक्रमको आयोजना गरिएको युवाहरुले बताएका छन् ।
सरसफाई कार्यक्रममा बोल्दै बागलुङ कालिका भगवती गुठी व्यवस्थापन समितिका अध्यक्ष एंव जिल्ला पर्यटन विकास समिति बागलुङका सचिव राजु खड्काले जिल्लाको पर्यटन विकासको लागि युवाहरु संगठित भएर लाग्नुपर्ने बताउनुभएको थियो ।
उहाँले बढ्दो वैदेशिक रोजगारीलाई न्यूनिकरण गर्दै समाजिक क्रियाकलापमा जोडिएर देशमै रोजगारी सिर्जना गर्नको लागि पर्यटन मुख्य आधार बन्न सक्ने बताउनुभयो ।
कार्यक्रममा जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष शम्भु आचार्य, धौलागिरि फोहोर व्यवस्थापन समितिका अध्यक्ष सुधिर श्रेष्ठ, सामुदायिक सेवा केन्द्र बानपा–१ रामरेखाका अध्यक्ष दुर्गा आचार्य, बागलुङ नगरपालिका–७ का सदस्य केशव कार्की लगायतले बोल्नु भएको थियो । कार्यक्रममा विभिन्न संघ संस्था र कार्यालयहरुको सहयोगमा बागलुङ कालिका मन्दिरमा ६ वटा डस्बिन, १० वटा कुचो र १० वटा फोहोर उठाउँने भाडा हस्तान्तरण गरिएको थियो ।


कार्यक्रम संयुक्त चार युवा क्लवका अध्यक्ष अभिषेक कटुवाल क्षेत्रीको अध्यक्षता, सहसचिव रोशन कुँवरको स्वागत, सचिव आशिष शर्माको सञ्चालन र आदर्श युवा क्लवका अध्यक्ष रोशन जिसीको सहजिकरणमा सम्पन्न भएको थियो ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here