
बागलुङ, ९ असोज ।
नेपाली काग्रेस काठेखोला गाउँपालिका छाया सरकारका सदस्य मदन श्रीसले दलित समुदायको अपमान हुने गरी अभिव्यक्ति दिएको भन्दै दलित अधिकार समाज विकास मञ्च लेखानी आपत्ती जनाएको छ ।
काँग्रेस बागलुङले लेखानीमा आयोजना गरेको जागरण अभियानमा बोल्दै श्रीसले गैरदलितका नावालक चेलिवेटी दलितसँग विवाह गर्नुपर्छ भन्ने अभिव्यक्ति प्रति मञ्चले ध्याकर्षण भएको जनाएको हो ।
स्थानीय खेमबहादुर थापा गैरेले बिहिबार एक विज्ञाप्ती जारी गर्दै नाबालक विवाह गर्नु भनेर सार्वजनिक पद धारण गरेको व्यक्तिले बोल्नु दलित समुदाय प्रति अपमान भएको उल्लेख गरिएको छ । उमेर नपुगेको चेली बेटी दलितले विवाह गर्नुपर्छ भन्ने कस्तो सम्मान हो स्थानीय खेमबहादुर थापा गैरेले भन्नुभयो– दलित समुदायलाई घृणा गर्ने छुट कसैलाई छैन ।’ कानुनी उपचारमा जाँन्छौँ ।
मञ्चले उक्त अभिव्यक्तिप्रति घोर निन्दा, आपत्ति तथा भत्सना गर्दछ विज्ञाप्तीमा उल्ल्ेख गरिएको छ । विज्ञाप्ती मार्फत उक्त अभिव्यक्तिको छानविन गरी न्यायका लागि अपिल गरिएको छ ।
छाया सरकारका सदस्य प्रेम श्रीसले भने काग्रेसलाई कम्युनिष्टहरुले दलित विरोधी भनेर प्रचार गर्ने हुँदा लेखानीका वडाध्यक्षलाई आफ्नो छोरी दलितसँग विवाह गरेर जातिय विभेद अन्त्यको सुरुवात गर्न चुनौती दिएको दावी गर्नुभयो ।
मैले दलित समुदायलाई हेपेको होईन कम्युनिष्टलाई छुवाछुत अन्त्यका लागि चुनौती दिएको हुँ उहाँले भन्नुभया–दलित र जनजाति प्रति मेरो कुनै अपमान छैन ।










