जुवा तास र लुँडो बिरुद्ध जागे भीमापोखराका आमा समुह

नवीन शिशिर
बागलुङ, ९ असोज ।
बागलुङको काठेखोला गाँउपालिका–२ भीमापोखरा मुल्ठानाका आमाहरु सामाजिक विकृति विसङ्गति विरुद्ध संगठित भएका छन् ।
वडाभित्र छाडा तरिकाले मादकपदार्थ तथा लागुपदार्थ सेवन गर्ने, अवाञ्छनीय क्रियाकलाप जुवा तास, लुडो खेल्ने जस्ता समस्या देखिएकोले यस्ता विकृतिलाई हटाउन भिमापोखरा आमा समुह सक्रिया भएका हुन ।
जाड रक्सिको सेवन गरि समाजमा असभ्य दिशातर्फ धकेल्ने भएको हुँदा विकृति विसङ्गति विरुद्ध लागि परेको आमा समुहका अध्यक्ष चन्द्रकला थापाले बताईन ।
अध्यक्ष थापाका अनुसार जाड रक्सिको सेवन गर्नुपरेमा बेलुका ५ बजेदेखि ८ बजेसम्म सेवन गर्नु पर्ने र पसलवालहरुले पनि बेलुका ५ बजेदेखि ८ बजेसम्म जाड रक्सि विक्रि गर्न पाउनेछन् । तोकिएको समयभन्दा अन्य समय जाड रक्सि सेवन गर्ने र विक्री गर्न नपाईने अध्यक्ष थापाको भनाई छ ।
समाजिक विकृतिको रुपमा रहेको जुवा तास, क्याराम बोर्ड, लुडो जस्ता खेलहरु खेल्न नपाईने यदि त्यस्ता खेलहरु खेल्ने र खेलाउनेहरुलाई कार्वाही गरिने उनको भनाई छ ।
सामाजिक विकृति विरुद्धका आमाहरुको अभियानलाई गाउँपालिकाले पूर्ण साथ र सहयोग गर्ने गाउँपालिका अध्यक्ष अमरबहादुर थापाले बताए । ‘हामी विकृतिको अन्त्य गर्नु हामी सबैको दायित्व हो’ अध्यक्ष थापाले भने ‘आमा समूहको निर्णयलाई कार्यान्वयन गर्न सबै प्रकारका सहयोग गर्न गाउँपालिका तयार छ ।’

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here