
पर्वत, ६ असोज ।
मध्यपहाडी लोकमार्गमा काम गरिरहेको अवस्थामा माटोको ढिस्कोले पुरिएर एक जनाको मृत्यु भएको छ ।
लोकमार्ग अन्तरगत पर्वत खण्डमा कुश्मा नगरपालिका वडा नम्बर ७ खहरेमा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथिबाट खसेको सुक्खा पहिरोले पुरिएर सबओभरसियर कमल राईको मृत्यु भएको छ । मोरङ घर भएका राई हाल मध्यपहाडी लोकमार्गमा सबओभरसियर पदमा कार्यरत थिए ।

मध्यपहाडी लोकमार्गको स्तरोन्नति भइरहेको कुस्मा नगरपालिका–७ खरेहामा सडकको चौडाइ नाप गरिरहेको बेलामा सडकमाथि खसेको सुक्खा पहिरोले राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।
उनको शवलाई जिल्ला प्रहरी कार्यालय पर्वतका टोली र सशस्त्र प्रहरीको संयुक्त टोलीले एक्साभेटरको सहयोगले बाहिर निकालेको छ । राईको शव पोष्टमाटमको लागि पर्वत जिल्ला अस्पतालमा राखिएको छ ।










