
बागलुङ, ४ असोज ।
गुहेली सञ्चार सहकारी संस्था लिमिटेडको अध्यक्षमा खिम बहादुर कार्की सर्वसम्मत चयन हुनुभएको छ ।
सहकारीको शनिबार सम्पन्न १३ औं बार्षिक साधारणसभाले संस्थापक अध्यक्ष समेत रहनुभएका कार्कीको अध्यक्षतामा ११ सदस्य नयाँ संचालक समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा टिकाराम उपाध्याय, सचिवमा सुर्यबहादुर थापा, सहसचिवमा गिता हमाल, कोषाध्यक्षमा प्रसाद थापा छन्भने सदस्यहरुमा नविन शिशिर वि.क., लक्ष्मी थापा, टिकाराम शर्मा, सुर्यप्रसाद शर्मा, तारा थापा के.सी. र ऋषिराम शर्मा सर्वसम्मत चयन हुनुभएको छ ।
यस्तै साधारणसभाले सिता शर्माको संयोजकत्वमा ३ सदस्य लेखा समिति चयन गरेको छ । समितिको सदस्यमा भीमबहादुर केसी र चन्द्रकला थापा रहनुभएको छ ।
यस्तै कार्य व्यवस्थापन उपसमितिको संयोजकमा खिम बहादुर कार्की, सहसंयोजकमा चित्रबहादुर कार्की, सदस्यहरुमा सुर्यबहादुर थापा, प्रसाद थापा, भुमिश्वर उपाध्याय र प्रेम बहादुर केसी रहनुभएको छ ।
यस्तै ऋण उपसमितिको संयोजकमा प्रसाद थापा र सदस्यहरुमा इन्द्र बहादुर जिसी र खिमा शर्मा रहेका छन् । सूचना तथा सञ्चार उपसमितिको संयोजकमा नविन शिशिर वि.क., सचिवमा अर्जुन कार्की, सदस्यहरुमा धन बहादुर कार्की र राजु गौतम रहेका छन् ।










