
बागलुङ, ४ असोज ।
सरकारले संविधान दिवसको अवसर पारी यस वर्ष बागलुङका २ जना कैदीलाई बाँकी कैदसजाय मिनाह गरेको छ ।
बागलुङ कारागारमा रहेका बागलुङको साविको बोबाङ ९ हालको ढोरपाटन नगरपालिका ३ बुर्तिबाङ्गका अमृता घर्ति कार्की र साविक बोवाङ्ग–३ ढोरपाटनका छविलाल विकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आम माफी दिनुभएको हो ।
ज्यान मार्ने उद्योगमा कारागारमा रहेको कार्कीको दुुई वर्ष ९ महिना ३ दिन र विक कर्तव्य ज्यान मार्ने उद्योगमा ४ वर्ष ११ महिना ११ दिन बाकी रहँदा कैद माफी पाएको कारागारका जेलर प्रमुख मोहनप्रसाद उपाध्यायले जानकारी दिनुुभयो ।










