मालपोत कार्यालय बागलुङमा प्रभु बैंकको एक्स्टेन्सन काउण्टर

बागलुङ, १ असोज
प्रभु बैक बागलुङले जिल्लामा पहिलो पटक मालपोत कार्यालय बागलुङमा एक्स्टेन्सन काउण्टर स्थापना गरेको छ ।
मालपोत कार्यालय आउने सेवाग्रहीलाई छिटो, छरितो र सरल तरिकाले वित्तिय सेवा प्रवाह गर्ने उद्देश्यले आठौँ शाखाको रुपमा एक्स्टेन्सन काउण्टरको स्थापना गरेको हो ।
कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख केशव राज ढकाल र मालपोत कार्यालय बागलुङका प्रमुख विष्णु प्रसाद शर्माले बुधबार संयुक्त रुपमा रिवन काटेर काउन्टरको सुभारम्भ गरेका थिए ।
मालपोतमा कार्यालयमा हुने आर्थिक क्रियाकलप बैंक मार्फत हुँदा पारदर्शि, छिटो छरितो हुने कोष तथा लेखा नियन्त्रण कार्यालय बागलुङका प्रमुख केशवराज ढकालले बताए । ‘आर्थिक अनुशासन कायम गर्न बैंकिङ्ग कारोबारले धेरै सहयोग गर्ने छ’ उनले भने–‘सेवा प्रवाहलाई समेत गुणस्तरीय र छरितो बनाउने विश्वास लिएको छु ।’
मालपोत कार्यालयका प्रमुख विष्णु प्रसाद शर्माले काउण्टरको स्थापन भएसंगै सेवाग्राहीको समय बचत हुनुको साथै कार्यालय भित्र नगदी कारबारी गर्दा हुने झन्झटको अन्त्य हुने बताए ।


प्रभु बैंकले आफ्नो एक्स्टेन्सन काउण्टर मालपोत कार्यालयमा संचालन गरेसंगै कार्यालय भित्र हुने नगदी कारोवार बैंकिङ प्रणाली मार्फत गरिनेछ । प्रभु बैंकले बागलुङको मालपोत कार्यालयमा काउण्टरको स्थापना गरेसंगै देशभरी विभिन्न कार्यालयमा ३१ वटा काउण्टरको स्थपना गरेको प्रभु बैंक बागलुङका शाखा प्रबन्धक अर्जुन शर्माले जानकारी दिए ।
मालपोत कार्यालयसंगै यातायात कार्यालय र जिल्ला प्रशासन कार्यालय बागलुङमा समेत एक्स्टेन्सन काउण्टरको स्थापन गर्ने लक्ष्य रहको शर्माले बताए । बैंकको बागलुङ जिल्ला भरीमा ८ वटा शाखा रहको छ ।
मालपोत कार्यालयमा आउने सेवाग्राहीहरूले अब बिनाझन्झट प्रभु बैंकको एक्स्टेन्सन काउन्टरमा रहेको सम्बन्धित मालपोत कार्यालयको खातामा राजस्व रकम जम्मा गरी सरल र सहजरूपमा मालपोत कार्यालयको काम गर्न सक्नेछन ।
बैंकको एक्स्टेन्सन काउन्टरबाट सम्बन्धित मालपोत कार्यालयमा आउने सेवाग्राहीहरूलाई राजस्व जम्मा गर्न सहज हुनुका साथै मालपोत कार्यालयहरूको आर्थिक कारोबार बैंकिङ प्रणालीमा प्रवेश गरेको छ ।
बैंकिङ सेवाबाट स्थानीयबासी तथा सेवाग्राहीहरू प्रभु बैंकको गुणस्तरीय बैंकिङ सेवा उपभोग गरी लाभान्वित हुने तथा मालपोत कार्यालयको राजस्व संकलन प्रक्रियामा सहजता आई राजस्व संकलनमा टेवा पुग्ने बैंकले विश्वास लिएको छ ।

एक जवाफ छोड्न

Please enter your comment!
Please enter your name here