
विक्रम सुनार
काठमाडौं, १ असोज ।
मौलिक सृजनाका खानी चर्चित गायक तथा संगितकार बसन्त थापाको नयाँ सांगेतिक कोशेली खेतमा बोके झार बजारमा आएको छ ।
बहुप्रतिभाशाली सर्जक प्रल्हाद सुवेदीको शव्द तथा सर्जक, संगीतकार थापा र बिष्णु माझीको आवाजमा रहेको उक्त गीत बुधवार मात्र बजारमा आएको छ ।
हालै मात्र नेपाली चलचित्र छ माया छपक्कैमा समेत संगीत भरेर नयाँ स्वाद पस्केका थापाले नयाँ बहुप्रतिक्षित गीत ‘बोकेझार’ बजार ल्याउनुभएको हो ।
यसभन्दा अगाडि थापाले संगीत बजारमा ल्याएको सालको पात अत्याधिक रुचाइएको थियो । जुन युट्युवमा ४ करोड बढिले हेरेका छन । पछिल्लो समय थापाले सृजना गरेका गीत÷संगीत अत्याधिक रुचाइएको छ । अन्य सृजनालाई जस्तै यस गीतलाई दर्शक,श्रोताले रुचाइने थापाको विश्वास छ ।
मौलिक शव्द सृजना, आवज र भिडियो निर्माण पक्ष पनि फरक खालको भएकाले यो बोकेझार पनि करोड क्लवमा जाने सहजै अनुमान गर्न सकिन्छ ।
कृष्ण बिकले संगीत एरेञ्ज, सुनिल क्षत्रीको कोरियाग्राफी एवम निर्देशन रहेको भिडियाको सम्पादन विकास ज्ञवालीले गर्नुभएको म्युजिक भिडियोमा सुनिल क्षत्री, रक्षा श्रेष्ठ, श्रीकृष्णबम मल्ल मुख्य अभिनयमा देखिनुभएको छ ।
भिडियो ?










